• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पाकिस्तान र अफगानिस्तान ४८ घण्टाका लागि युद्धविराम गर्न सहमत


२९ असोज, अफगानिस्तान । पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।

नयाँ चरणको सीमा भिडन्तमा दर्जनौं सेना र सर्वसाधारणको मृत्यु भएको थियो ।

काबुल र अफगानिस्तानका अन्य स्थानमा भएको विस्फोटपछि दुई छिमेकीबीच एक हप्तासम्म जारी हिंसालाई रोक्ने प्रयासस्वरूप अस्थायी युद्धविरामको घोषणा गरिएको हो ।

तालिबान सरकारले प्रतिशोधको रूपमा आफ्नो दक्षिणी सीमाका केही भागहरूमा आक्रमण सुरु गरेपछि इस्लामाबादले कडा प्रतिक्रिया जनाएको थियो ।

इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टिटिपी) को नेतृत्वमा रहेको लडाकू समूहलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएका दुई विस्फोटपछि काबुलमाथि कालो धुवाँको मुस्लो उठेको देखिएको एएफपीका पत्रकारहरूले बताएका छन् ।

घटनालाई पुष्टि गर्दै तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एउटा तेल ट्याङ्कर र जेनेरेटरमा विस्फोट हुँदा आगलागी भएको बताएका छन् ।

तर पाकिस्तानी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इस्लामावादले अफगानिस्तानको राजधानीमा ‘सटीक हमला’ गरेको छ ।

पाकिस्तानी आक्रमणपछि काबुलमा एम्बुलेन्सहरू दौडिरहेका र सडकमा क्षतिग्रस्त भवनहरूको सिसा अछरल्ल छरिएको अवस्थामा भेटिएको एएफपीका फोटो पत्रकारहरूले जनाएका छन् । तालिवान सेनाले शहरका केही सडकलाई पनि घेरा हालेको छ ।

त्यसको एक घण्टापछि इस्लामावादले युद्धविरामको घोषणा गरेको थियो । काबुलमा तालिबान अधिकारीहरूले सेनालाई युद्धविरामको सम्मान गर्न आदेश दिएका छन् ।

पाकिस्तानी सेनाले यसअघि अफगान तालिवानले दक्षिणपश्चिम र उत्तरपश्चिममा रहेका दुई प्रमुख सीमा चौकीमा आक्रमण गरेको आरोप लगाएको थियो ।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक नजिकै बुधबार बिहान भएको आक्रमणमा २० तालिबान लडाकू मारिएका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यको कुरा, सर्वसाधारणलाई ध्यान नदिई उक्त क्षेत्रका रहेका गाउँहरूमा आक्रमण गरिएको थियो ।’

पाकिस्तानको उत्तरपश्चिम सीमामा रातभर भएको झडपमा थप ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

अफगान तालिवानले स्पिन बोल्दाक नजिकै भएको झडपमा परी १५ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ ।

तालिवानका प्रवक्ता मुजाहिदले स्पिन बोल्दाक वरपर १०० सर्वसाधारण घाइते भएको बताएका थिए तर पाकिस्तानी सेनाले यसलाई ‘अपमानजनक र सरासर झुट’ भनेको छ ।

पाकिस्तानले पछिल्लो झडपमा आफ्नो क्षतिको सङ्ख्या भने बताएको छैन तर गत हप्ता पहिलो झडपमा आफ्ना २३ सैनिकको मृत्यु भएको बताएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३० आश्विन २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३० आश्विन २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

३० आश्विन २०८२, बिहीबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३० आश्विन २०८२, बिहीबार
Next Post

मधेश प्रदेशका सांसद सरोज सिंह समातिए

जसपाको मधेश नेतृत्वका दाबेदार योगेन्द्र यादव पक्षद्वारा निर्वाचन बहिष्कार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh