Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

महोत्तरीमा आफ्नै सासु र श्रीमतीलाई आगो लगाई हत्याका प्रयास गर्ने शंकर सदा पक्राउ

प्रतिक्षा खबर
२०७९ श्रावण २७, शुक्रबार ०६:४६

गोपाल झा
महोत्तरी, साउन २६ गते
महोत्तरी प्रहरीले आफ्नै सासु र श्रीमती माथी मट्टी तेल खन्याई आगो लगाएर हत्याको प्रयास गरी फरार रहेका एकजना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ भोइल टिमकिया घर भई हाल भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोल स्थित ससुराली घर मै बस्दै आएका ४० वर्षीय शंकर सदा रहेको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
साउन २१ गते राती ३५ वर्षीया श्रीमती , प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको हत्या गर्ने उदेयले शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार भएको सदालाई नेपाल-भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी-कन्हवास्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए ।
भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोलस्थित माइतीमा रहेको बखत राति पौने १२ बजे शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका सदाले आफुले श्रीमती जलाएर कुनै गल्ती नगरेको बताएका हुन् । आफ्नै श्रीमती र सासुलाई जलाउने शंकर सदाले घटना घटाएकोमा कुनै पछुतो नभएको बयान प्रहरी समक्ष दिएका छन् ।
श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक-पटक झगडा गर्ने गरेका थिए ।
सोही बिषयमा साउन २१ मा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।
आगोले जलेर काठमाडौं स्थित किर्तिपुर अस्पतालको बर्न वार्डको बेड नं. ४०९ मा जिवन मरणको दोसाधमा रहेकि ३५ वर्षिया प्रमिलाको जिवन रक्षा गर्न चिकित्सक देखि घटना बारे थाहा हुने सवैले प्रयास र प्रार्थना गरिरहेको अवस्थामा श्रीमानको अमानविय जवाफले सवैलाई चकित पारेको छ ।
आगोले प्रमिलाको शरीरको ७० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् । त्यसैगरी ६५ वर्षीया रेशमा सदाको शरीर पनि १० प्रतिशत जलेको चिकित्सकको भनाई छ ।आमा रेशमाको अवस्था खतरामुक्त रहेपनि प्रमिलाको स्वास्थ्य अवस्था भने गम्भिर छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर