Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता, फरार

प्रतिक्षा खबर
२०८२ भाद्र २९, आईतवार १७:३४

सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव विशेश्वरप्रसाद साह (बीपी साह)माथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ। धनुषाको जिल्ला प्रहरी कार्यालयमा २०८१ चैत्र ३१ गते एक २८ वर्षीया महिलाले साहमाथि आफूलाई घरमा एक्लो अवस्थामा जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी छन्।

प्रहरीले उक्त जाहेरीको आधारमा साहमाथि मुद्दा दर्ता गरेपछि उनी फरार रहेका छन्। साह विगत एक हप्तादेखि सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् र जेन-जी प्रदर्शनमा सहभागि भएको तस्बिरहरू समेत सार्वजनिक गरेका छन्।

साह साविक रघुनाथपुर गाविस (हाल सबैला नगरपालिका वडा नम्बर १२) का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाले फरार रहेका साहको तीन पुस्ते विवरण बुझाउन २०८२ भदौ ५ गते वडा कार्यालयलाई पत्र पठाएको छ। उक्त पत्रमा दुई दिनभित्र विवरण उपलब्ध गराउन भनिएको छ।

वडाध्यक्ष रामनारायण अधिकारीले आफू बिरामी भएको र कार्यालय नगएको कारण पत्रबारे थाहा नभएको बताउनुभएको छ भने वडासचिव नन्द ठाकुरले प्रहरीको पत्र प्राप्त भएको स्वीकार गरे पनि जवाफ प्रहरीलाई पठाइएको वा नपठाइएको विषयमा आफूलाई जानकारी नभएको जानकारी दिनुभयो।

यस घटनाले पार्टी र स्थानीय तहमा चिन्ता बढाएको छ भने प्रहरीले खोजतलास जारी राखेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर