Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८२ माघ २०, मंगलवार २०:०४

‎रामगाेपालपुर । जनता समाजवादी पार्टी, नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको मूल नारासहित अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न गरेको छ।

‎महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. सुरेन्द्र कुमार यादवले आफुहरूकाे निरन्तर जनताकाे सेवामा समर्पित रहि कामगर्दै आएकाे बताउदै मधेश प्रदेशकाे सबलिकरण तथा शसक्तिकरण गर्न लागि पर्ने बताए । उम्मेदवार डा.यादवले बर्षाैदेखि शाेषणा उत्पिडन र बहिष्करणमा परेका मधेशी समुदायकाे अधिकार र आर्थिक सबलिकरणका लागि सधै लडिरहने समेत बताए ।

‎जसपाका बरिष्ट नेता तथा पुर्व श्रम ,राेजगार तथा समाजिक बिकास मन्त्री शरत सिहं भण्डारीले प्रमुख अतिथिका रूपमा बाेल्दै मधेशीमाथि गाेलि चल्दा चुईक नबाेलने आज भाेटकाे बेला म मधेशी बेटा हाे भन्दै मधेशी जनतालाई ठग्न आएकाहरूसंग  सचेत रहन आग्रह गर्दै जति खेर मधेशी जनतामाथि प्रहार भईरहेकाे थियाे त्यतिखेर जनतासंग जसपा नेपाल खडा रहेकाे बताए ।

‎उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, सुशासनको प्रत्याभूति तथा उत्पीडित समुदायको हक–अधिकार सुनिश्चित गर्न जनता समाजवादी पार्टी निर्णायक भूमिकामा रहेको बताए ।
‎उहाँले आगामी निर्वाचनलाई जनताको अधिकार र पहिचानको लडाइँका रूपमा चित्रण गर्दै कार्यकर्ताहरूलाई संगठित, अनुशासित र योजनाबद्ध रूपमा परिचालन हुन आग्रह गरे ध। “यो निर्वाचन केवल सिटको प्रतिस्पर्धा होइन, मधेश र उत्पीडित समुदायको भविष्य सुरक्षित गर्ने ऐतिहासिक अवसर हो,” उहाँले बताए ।

‎कार्यक्रममा जसपाका महासचिव रामकुमार शर्मा ,जसपा नेपालकाे केन्द्रीय सचिव ज्ञानेन्द्र झा ज्ञानु,मधेश प्रदेश अध्यक्ष बाल किशाेर यादव, प्रदेश सांसद एवम प्रमुख सचेतक रमिता प्रधान ,केन्द्रीय सदस्य दिपक झा गुडु,जसपा नेपालकाे महाेतरी जिल्ला अध्यक्ष राम नरेश यादव औरही नगर उप प्रमुख रेणु देवी झा,जसपा नगर अध्यक्ष दरेश यादव ,साेनमा गापा अध्यक्ष विशेश्वर यादव,सम्सि गापा अध्यक्ष रामनाथ यादवपार्टीका स्थानीय नेता–कार्यकर्ता, निर्वाचन परिचालन समितिका सदस्यहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूलाई निर्वाचन रणनीति, जनसम्पर्क, मतदाता अभिमुखीकरण तथा संगठन विस्तारबारे प्रशिक्षण प्रदान गरिएको थियो।

‎जानकी एकेडेमीक हस्पिटलमा सम्पन्न कार्यक्रम सम्पन्न भएकाे थियाे भने कार्यक्रमको आयोजना निर्वाचन परिचालन समिति क्षेत्र नं. ४, महोत्तरी, मधेश प्रदेशले गरेको थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर