Advertisement
ताजा खबर
विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

प्रतिक्षा खबर
२०८२ असार २३, सोमबार १४:२९

गोपाल झा

महोत्तरी, अषाढ २३ गते

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा नगरस्तरीय योजना अन्तर्गत बर्षै देखी मखाना खेती गर्दै आएका कृषकहरुलाई आज सोमबार विशेष कार्यक्रमका बीच बजारीकरण सम्बन्धी सामग्रीहरू वितरण गरीएको छ । वितरण गरिएका सामग्रीहरूमा प्लास्टिकका बोरा, झोला र त्रिपाल समावेश छन्, जसले कृषकहरूलाई मखाना भण्डारण, ढुवानी र संरक्षणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

कार्यक्रमको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले गर्नुभएको थियो । प्रमुख मण्डलले सामग्री वितरण गर्दै मखाना खेतीलाई प्रोत्साहन गर्नु नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै स्थानीयस्तरमै उत्पादन हुने मखानाको समुचित बजारीकरण तथा उत्पादन वृद्धिका लागि पालिका प्रतिबद्ध रहेको बताएका छन् ।

        नगरपालिकाको कृषि शाखाका सह–संयोजक टंकप्रसाद उपाध्यायका अनुसार, यस वर्ष २१ जना मखाना कृषकहरुलाई उत्पादन क्षमताको आधारमा १०० देखि ४०० थान बोरा, २०० थान झोला र १ थान त्रिपाल वितरण गरिएको हो । उहाँले थप जानकारी दिँदै पालिकाले विगत तीन वर्षदेखि यस किसिमको सामग्री वितरण कार्य गर्दै आएको र यसले कृषकहरुको  ब्यबसायमा सहयोग पुगेको बताउनुभयो ।

मखाना हिन्दू धर्म अनुसार विशेष धार्मिक महत्व राख्ने फल हो, जुन मुख्यतया दीपावली र कोजाग्रत पूर्णिमा जस्ता चाडपर्वमा प्रयोग गरिन्छ । मखाना मात्र धार्मिक वा सांस्कृतिक दृष्टिले महत्वपूर्ण न भई यो स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक मानिन्छ । आयुर्वेद देखि आधुनिक पोषण विज्ञानसम्म मखानालाई पौष्टिक आहारको रूपमा लिईन्छ । मखानामा प्रोटिन, फाइबर, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस, र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकोले एलर्जी भएका व्यक्तिले पनि सजिलै खान सक्ने गर्छन् । र यसको सेबनले बिभिन्न रोग संग लडने क्षमता समेत बढाउने गर्छ ।

हाल मटिहानी नगरपालिका भित्र १२५ बिघा क्षेत्रफलमा मखाना खेती हुँदै आएको छ । कृषि शाखाका अनुसार, यस क्षेत्रबाट वार्षिक करिब ८० मेट्रिक टन मखानाको उत्पादन हुँदै आएको छ । मखाना खेती र त्यसको व्यवसायमा मटिहानीका सहनी र मुस्लिम समुदायका करिब १०० घरपरिवार संलग्न रहेका छन् । यसले मखाना खेतीलाई यहाँको साझा जीविकोपार्जनको स्रोत बनाएको देखिन्छ ।

         सामग्री वितरण कार्यक्रममा मटिहानी नगरपालिका–६ का वडाध्यक्ष कलीम अंसारी र वडा नं. ७ का वडाध्यक्ष जितनारायण माझीको उपस्थिति रहेको थियो । साथै, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहनप्रसाद गुप्ता, उपाध्यक्ष अजय साह, सचिव विजय साहलगायतका उद्योगी–व्यवसायीको समेत उल्लेखनीय उपस्थिति थियो । त्यसैगरी, मखाना खेतीमा सक्रिय कृषकहरु — महेश सहनी, महेश साह, विष्णु सहनी, राम दयाल सहनी, बिन्दे सहनी, कामेश्वर सहनी, गंगा सहनी र लछो खातुन लगायतको उपस्थिति कार्यक्रमलाई अझै उत्साहजनक बनाएको थियो ।

मखाना खेती मटिहानी नगरपालिकाको लागि मात्र नभई सिङ्गो महोत्तरी जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनायुक्त क्षेत्र हो । यस्ता कार्यक्रमले कृषकहरूमा प्रोत्साहन बढाउनुका साथै उत्पादन र बजारीकरण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर