Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जसपा नेपालले राजमार्ग केन्द्रित अभियान चलाउने, पदाधिकारी संख्या थप

प्रतिक्षा खबर
२०८१ फाल्गुन २१, बुधबार १७:००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

माओवादी केन्द्रले जनतासँग माओवादीः तराई मधेश जागरण अभियान सञ्चालन गरिरहेको छ । यस्तोमा जसपा नेपालले पनि देशका प्रमुख तीन वटा राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो ।

‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ लाई वैशाखसम्म सञ्चालन गर्ने पार्टीले निर्णय गरेको छ । वैशाखमा उक्त अभियान सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए ।

अभियानको समय तालिका भने तय गर्न बाँकी रहेको उनले बताए । जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारीमा लाग्ने उनले बताए ।

यसअघि नेकपा एमालेले पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्गमा अभियान सम्पन्न गरिसकेको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पनि मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरिसकेका छन् ।

तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट पदाधिकारी तथा कार्यकारिणी समिति विस्तार गर्ने पनि जसपा नेपालले निर्णय गरेको छ । बैठकले १४ जना कार्यकारिणी सदस्य, दुई उपाध्यक्ष र एक महासचिव थप्ने निर्णय गरेको हो ।

पार्टी अहिले ३१ सदस्यीय कार्यकारिणी समितिको छ । त्यसमा ११ जना र थप गरिएका तीन जना पदाधिकारीसहित १४ थप गरेर ४५ सदस्यीय कार्यकारिणी समिति बनाउने जसपाले निर्णय गरेको हो ।

यो निर्णय जसपा नेपालको विधान २०८० को धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरेर ल्याइएको प्रवक्ता सुमनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर