Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

प्रतिक्षा खबर
२०८२ माघ २, शुक्रबार २०:०३

धनगढी । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इन्जिनियर तथा अभियन्ता सागर ढकाल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भिड्न डडेलधुरा पुगे । उनले सम्मानजनक १३ हजार ४२ मत ल्याएपनि देउवालाई पराजित गर्न सकेनन् । फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ । गुल्मेली युवा सागर ढकाल अब फेरि देउवासँगै भिड्न डडेलधुरा जाने मनसायमा छन् ।

पाँच पटक प्रधानमन्त्री बनीसकेका देउवाको गृह जिल्लामा ढकालले चुनाव लड्ने घोषणा गरेपछि २०७९ सालमा देशभर चर्चा भएको थियो । सागरले चुनावका लागि जतिसक्यो त्यति गाउँ-गाउँ गए । डडेलधुराका युवापुस्ताले उनलाई मोटरसाइकलमा राखेर चुनावी प्रचारप्रसारमा सहयोग पनि गरिदिन्थे । अब देशको जिम्मेवारी युवापुस्तालाई दिनुपर्ने बाजे पुस्ताले अभिभावक भएर साथ दिनुपर्ने भन्ने ढकालले बताउँथे ।

‘अब बाजे पुस्ताले नाति पुस्तालाई अभिभावक भएर साथ दिनुपर्छ, हामीले देशको जिम्मेवारी लिनुपर्छ,’ ढकालले त्यसबेला भन्थे ।

अब ढकाल देउवालाई हराएरै छाड्ने हुटहुटी लिएर फेरि डडेलधुरा फर्किने तयारीमा छन् । अघिल्लो चुनावमा सुई चिह्न लिएर मैदानमा उत्रिएका सागरले यसपटक भने आफ्नो परिचय फेरेका छन् । स्वतन्त्र उम्मेदवारको रूपमा देउवालाई टक्कर दिएका उनी अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक बलसहित चुनावी मैदानमा उत्रिँदैछन् ।

पहिलो प्रयासमा नै सागरले डडेलधुरामा जोडदार उपस्थिति जनाएका थिए । कांग्रेसको गढ मानिने र वर्षौंदेखि शेरबहादुर देउवाले एकछत्र राज गर्दै आएको क्षेत्रमा बाहिरको जिल्लाबाट गएर चुनाव लड्नु सानो कुरा थिएन । उनको आँटलाई कतिले तारिफ गरे त कतिले मूर्खता पनि भने । कतिले उनलाई टुरिस्ट उम्मेदवार पनि भने ।

त्यसबेलाको नतिजा हेर्ने हो भने विजयी भएका शेरबहादुर देउवाले २५ हजार ५३४ मत ल्याएका थिए । सागर ढकालले भने १३ हजार ४२ मत प्राप्त गरे । देउवासँगको मतान्तर फराकिलो थियो । एक नवआगन्तुक युवाले प्रधानमन्त्रीकै क्षेत्रमा १३ हजार मत कटाउनुलाई कतिपयले भने यो सानाेतिनो कुरा नभएको बताए । त्यही १३ हजार मतको जगमा टेकेर सागरले यसपटक फेरि डडेलधुराका मतदाताको मन जित्ने योजना बुनेका छन् ।

रास्वपामा प्रवेश गरेसँगै उनको उम्मेदवारीबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो । ढकालले भने आफू डडेलधुराबाटै चुनाव लड्ने कुरामा द्विविधा नरहेको प्रष्ट पारेका छन् । यद्यपि पार्टीले आधिकारिक रूपमा उम्मेदवार छनोटको निर्णय गरिसकेको छैन ।

‘पार्टीबाट अफिसियल रूपमा निर्णय त कसैको पनि भइसकेको छैन । तर लगभग मेरो फाइनल हो,’ ढकाल भन्छन् ।

अघिल्लो पटक एक्लै प्रचारप्रसारमा हिँडेका ढकाल यसपटक टिमसहित मैदान उत्रिने तयारीमा छन् । यसका लागि पार्टीको सम्पर्क समिति र स्थानीय युवाहरूको नेटवर्कलाई सक्रिय बनाउने काम सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर