Advertisement
ताजा खबर
अनुचित लेनदेनमा साह पक्राउ, सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन जनकपुरधाममा ८ करोड मूल्यको जग्गा विवाद : ३० लाख ऋणको धितो राखेको साढे पाँच कठ्ठा जग्गा १० वर्षदेखि फिर्ता नपाएको पीडित परिवारको गुनासो कमला नदीमा भूत मेला सुरु, बिहानैदेखि श्रद्धालु र धामीझाँक्रीको घुइँचो स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला

☰

कृषिमन्त्रीले दिए राजीनामा

प्रतिक्षा खबर
२०८२ भाद्र २४, मंगलवार १०:५५

२४ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्र्दै राजीनामा दिएका छन् ।

देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार गरिएको भन्दै जवाफ खोज्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन्, ‘यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन । स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।’

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या भएको उनले लेखेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर