Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

प्रतिक्षा खबर
२०८२ असार ३२, बुधबार २२:२१

गोपाल झा

अषाण , ३२ गते

मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरुमा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व मंगलबारदेखी बिधिबत सुरु भएको छ ।प्रेम, उन्माद र सांस्कृतिक पर्वका रुपमा रहेका मधुश्रावणी पर्वको माधुर्य, सौन्दर्य र विशेषतालाई जीवन्तता प्रदान गर्दै विवाहिता कन्याहरुले यो पर्व पन्द्रह दिन सम्म मनाउने गर्छीन् । यो पर्ब साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथिदेखि शुरु भएर साउन शुक्लपक्ष तृतीयासम्म १५ दिन मनाईने प्रावधान रहेको छ ।

     मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामाग्री, मोटोले बनाईएको सर्पको प्रतिमा ,हरीयो र लाल रङ्खको नया लुगा, सिन्दूर, खानाको सामग्री चामल , दाल फलफुल लगायतका आवश्यक पर्ने अन्य सामाग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नव विवाहिता कन्याले १५ दिन पुजा अबधिभर खाने तथा पूजा गर्ने परम्परा रहेको छ ।  मिथिलाञ्चल प्राचीनकालदेखि नै समृद्ध संस्कृतिका रुपमा विशिष्ट स्थान ओगटेको क्षेत्र हो । करिब चार हजार वर्ष पुरानो मानिने हिन्दूहरुको बृहत् ग्रन्थ ‘महाभारत’मा समेत मिथिला संस्कृतिका बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ । अर्कातिर करिब अढाइ हजार वर्षपूर्वको ‘वाल्मीकि रामायणमा पनि मिथिला संस्कृतिबारे उल्लेख गरिएको साहित्यकारहरु बताउँछन् ।

    ‘महाभारत’ र ‘वाल्मीकि रामायण’ले विशेष गरी राजा जनकको धार्मिक ऐतिहासिक तथा पवित्र नगरी मिथिलाञ्चल क्षेत्रलाई प्रतिनिधित्व गर्ने भएकाले यहाँका शहरदेखि गाउँसम्म फैलिएको मैथिली भाषाभाषीका परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानका रुपमा नवविवाहित महिलाले मधुश्रावणी पर्व मनाउने परम्परा रहिआएको छ । मिथिला संस्कृतिमा एउटा आफ्नै किसिमको विशिष्टता, आदर्श र वैभवता भएको हुनाले मैथिली नारीको जीवन पद्धतिसँग जोडिएको मधुश्रावणी पर्वलाई पनि महत्वपूणर् पर्वका रुपमा मनाउने परम्परा छ । आर्य समाजको आगमनदेखि चलिआएको यस पर्वलाई आफ्नो धर्म, संस्कृति, परम्परा तथा सुखद् दाम्पत्य जीवनप्रति समर्पित हुन महत्वपूणर् पर्वका रुपमा लिने गरिन्छ ।

मिथिला समाजमा प्रचलित पर्व र व्रत केवल हास र उल्लासको पूणर्ताका लागि मात्र नभएर मानिसको जीवन शक्ति र अस्तित्वसँग कुनै न कुनै रुपमा जोडिएको हुन्छ । प्रत्येक पर्वले आफ्नो सांस्कृतिक स्थितिलाई बलियो बनाउने तथा जीवनको पवित्रतामा हर्षोल्लास कायम गर्न सन्देश दिने गर्छ । जीवनमा विवाह एक पटक हुन्छ र पूरै वैवाहिक जीवनमा पहिलो वर्ष बेहुलीका लागि अग्नि परीक्षाका रुपमा लिइन्छ जसलाई अनिवार्य रुपमा भव्यतापूर्वक विधिवत् मनाउने गरिन्छ ।

यस पर्वले एकातिर मिथिला संस्कृतिलाई संरक्षण प्रदान गर्छ भने अर्कातिर दाम्पत्य जीवनको आधार शिलालाई बलियो बनाउने गर्छ । मिथिलाञ्चलको एक गौरवशाली संस्कृति तथा पर्वमध्ये मधुश्रावणी पर्वलाई बेग्लै दृष्टिकोणले हेर्ने गरिन्छ । यस पर्वको प्रमुख विशेषता भनेको पतिपत्नी बीचमा हुने रागअनुराग, प्रेमप्रणय तथा दाम्पत्य जीवनलाई सुुदृढीकरण गर्नु हो ।नवविवाहित वर र कन्याका लागि मधुश्रावणी पर्व अति महत्वपूणर् र संवेदनशील मानिन्छ । यसले वर र कन्याको भावनात्मक र शारीरिक सम्बन्ध दुवैलाई प्रगाढ बनाउने गर्छ । पतिपत्नीबीचको अन्तरसम्बन्धलाई यस पर्वले प्रगाढ मात्र बनाउँदैन, अलौकिक आनन्द र रोमान्सको समेत अवसर प्रदान गर्छ । यस पर्वका अवसरमा विषहरा(नाग) तथा शिवपार्वतीको पूजा गर्ने क्रममा वर्तालु महिलाद्वारा कथा सुनाइन्छ ।

   यस पर्वमा नवविवाहित स्त्रीले खुलेरै घुमफिर गर्नुका साथै आफ्ना सीखहरुलाई मुक्तकण्ठले आफ्नो पतिका बारेमा खुलेर प्रशंसा गर्छन् । यो पर्व ब्राह्मण र कायस्थ्य जातिको मुख्य पर्व भए पनि कालान्तरमा आएर सोनार, देव, आदि जातजातिका नवबिबाहितहरुले समेत मनाउने गर्छीन् ।  पूजापाठका निम्ति प्रत्येक साँझ आफ्नो स्थानिय ठाउँमा नवविवाहिताहरुको समुह बनाएर धार्मिक गित गाउँदै फूल पात टिप्ने गर्छिन ।

यसरी टिपेको फूलपातलाई आफ्नो डालामा सजाएर घरमा ल्याउछिन र त्यसको भोलिपल्ट त्यही फूलबाट बिषहरा (नाग)देवताको पूजापाठ गर्ने गरिन्छ । यो प्रक्रिया निरन्तर पुजा अबधिभर चल्छ । यस क्रममा नवविवाहितालाई भगवान शिवको बिषेश कथाहरु सुनाउने गरिन्छ । यस दिनहरुमा नव विवाहिता व्रत बसि गणेश , चनाइ , माटो एवं गाई गोबरले बनेको बिषहरा र गौरी महादेव को बिशेश पूजा गरी महिला पुजारी पण्डिताइन बाट कथा सुन्ने गर्छिन । कथाको प्रारम्भ बिषहरा को जन्म एवं राजा श्री कर बाट हुने गर्छ ।

शुरुको र  समापनको दिनमा व्रती द्वारा समाज र परिवार को मान्यजन हरुमा अन्कुरी – -भिजाएको बादाम _ बाडने प्रथा पनि रहेको देखिन्छ । प्रतिदिन पूजा पश्चात् नवविवाहिता आफ्नो साथीको साथ मन्दिर , पाटि पौवा , बगैचामा डुलेर फूल र पात तोडदै व्रतको भरपुर आन्न्द लिइन्छ । यो एउटा अलौकिक दृश्य हुन्छ जहाँ हर नवविवाहिताहरुको समागम , पुणर् दुल्हिन स्वरुप धारण गरेकी हुन्छिन , लोकगित गाउदै हसि ठठा गर्दे गरेको दृश्य ब्रत अबधि सम्म मिथिलाको हरेक गल्ली , बाग बगैंचामा सजिलै हेर्न पाइनेछ ।तपस्याको समान यो पर्व श्रीमानको दिर्घायु तथा पति पत्नि बिचको समुधुर सम्बन्ध स्थापित गर्नका लागि पनि मनाईने बिश्वास रहि आएको छ ।

        पूजाको विधि बिधानमा ससुराल पक्ष द्वारा कुनै कसर बाकी राख्दैनन् । पूजाको अन्तिम दिन नवविवाहिता को ससुराल पक्ष बाट पूजन सामाग्री नयाँ लुगा कपडा , मिठाइको साथ बुजुर्ग हरु आशीर्वाद दिन लाई पुग्छन । मधुश्रावणी पूजाको अन्तिम दिन कैयो विधि बिधानको साथ पूजा गर्ने गर्छिन ।बिहान र बेलुका महिलाहरु समूह बनाइ विभिन्न किसिमका लोक भाकामा गित हरु गाउने गर्छिन । महत्त्वपूणर् बिषय भनेको लगातार १५ दिन सम्म पूजा स्थल मा नवविवाहिता कै रेखदेखमा अखण्ड दिप प्रज्वलित राखिन्छ ।

कथा वाचिका प्रत्येक दिन नवविवाहिता लाई मधुश्रावणी व्रत कथा सुनाउछिन । पूजाको समय नव वस्त्र , गर गहनाले सु–सज्जित भइ कथा श्रवणको साथ पूजा अर्चना गर्ने गर्छिन । पूजा स्थल मा मैनी  पुरैन , कमल को पात  उपर विभिन्न प्रकार आकृती हरु कोरिन्छ ।महादेव , गौरी , नाग नागिन को प्रतिमा स्थापित गरि विभिन्न प्रकार को नैबेद्द्य  प्रसाद अर्पण गरि पूजा प्रारम्भ गरिन्छ , यश व्रतमा खास गरि महादेव ,गौरी , बिषहरा ( नाग देवता) को पूजा अर्चना गरिन्छ । प्रत्येक दिनको बैग्ला बैग्लै कथाहरुमा मैना पन्चमी, बिषहरी , बिहुला, मनसा, मङला गौरी पृथ्वी जन्म , समुन्द्र मन्थन , सती को कथा व्रती लाई सुनाइन्छ । बिहानको पूजामा गोसाइ गित , पावैन गित र बेलुका कोह्बर तथा सन्झौती गित व्रतिलाइ सुनाइन्छ ।

                 व्रतको अन्तिम दिन ससुराल पक्ष बाट मिठाइ, लता कपडा सहित अन्य समाग्रीहरु पठाइन्छ । मधुश्रावणिको अन्तिम दिन टेमि दाग्ने परम्परा लाई कायम राख्दै  बिधिबतरुपले ब्रत समापन गरीन्छ  । पर्बको अन्तिम दिन बल्दै गरेको दिपको बतिहरले बेहुलीको घुँडामाथि पानको पात राखेर डाम्ने परम्परा पनि वर्र्षेौ देखि चल्दै आइरहेको छ । यसलाइ नै दागने वा दगनिया पावैन पनि भन्ने गरिन्छ । बतिहर‘टेमीले डामेको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ ।

यस प्रथालाई कहीँकहीँ महिला अधिकारवादीले प्रताडनाका रुपमा लिए तापनि नवविवाहित महिलाका लागि अग्निपरीक्षा हो । कालान्तरमा आएर टेमी परम्परालाई गलत तरिकाले परिभाषित गरिए पनि यो एउटा सुखदायी आनन्दको अनुभूति पनि हो । यसले नवविवाहितको सहन सक्ने क्षमता जाँचीन्छ । टेमीमा हुने पीडाका विषयमा व्रती भन्छीन “टेमी दिँदाखेरि पीडाको अनुभूति गरेकी छैन ।” यो प्रथा महिलाप्रतिको हिंसा नभएर आफ्नो संस्कृतिलाई निरन्तरता दिने परम्परा मात्र भएको बताउछिन ।

      प्रेम, उन्माद र सांस्कृतिक पर्वका रुपमा रहेको मधुश्रावणी पर्वलाई गलत रुपमा व्याख्या नगरी यसको माधुर्य, सौन्दर्य र विशेषतालाई जीवन्तता प्रदान गरी यसको संरक्षण गर्नु आवश्यक रहेको मैथिली साहित्यकारहरु बताउँछन् । मधुश्रावणी केवल पति–पत्नीबीचको प्रेमको पर्व मात्र नभई समाज, प्रकृति र परम्परासँगको सहजीविकताको प्रतीक हो। आधुनिक समयको सन्दर्भमा परम्परालाई यथार्थपरक दृष्टिकोणबाट हेर्ने र आवश्यक परिमार्जन गर्दै संरक्षण गर्ने दिशामा सामूहिक प्रयास आवश्यक छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर