Advertisement
ताजा खबर

पार्टीले सिफारिस गरेकालाई कारबाही नगरेको जसपा नेपालको गुनासो, सोमबार आयोग जाने

प्रतिक्षा खबर
२०८१ मंसिर ३०, आईतवार २१:२०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरेको गुनासो लिएर निर्वाचन आयोग जाने भएको छ ।  सोमबार सो पार्टीका नेता आयोग जाने भएका हुन् ।

अशोक राई अलग भएर जनता समाजवादी पार्टी गठन गरेपछि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो ।

तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको सो पार्टीका एक नेताले बताए । पार्टी विभाजन भएपछि सर्वोच्च अदालतले विभाजनसम्बन्धी सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएपनि जसपाले विभिन्न गतिविधि गरिरहेको र स्थानीय तहको उपनिर्वाचनमा समेत भाग लिएको भन्दै जसपा नेपालले आयोगसमक्ष कुरा राख्ने भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर