Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता:- नगर प्रमुख शाह

प्रतिक्षा खबर
२०७८ फाल्गुन २, सोमबार १९:३९

कपिलवस्तु, फागुन २
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवामा लुम्बिनी प्रदेश स्थापना दिवस २०७८ को अवसरमा स्त्री तथा छाला रोग सम्बंधि तीन दिने वृहत स्वास्थ्य शिविरको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले गर्नुभयोl
स्वास्थ्य कार्यालय तौलिहवा कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको समान्वय रहेको छ l
उद्घाटन कार्यक्रमको अध्यक्षता कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष मोविन खां , श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरी रहनुभयोl
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजत प्रताप शाहले कृष्णनगर नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको बताउदै यस शिविर बाट सेवा लिन नगरका जनता लाई अनुरोध गर्दै चेक जांच का क्रममा जटिल रोग देखा परेमा नगरपालिकाले आफ्नो खर्चमा जिल्ला अस्पताल सम्म पुर्याउने बताउदै नागरिकको स्वास्थ्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयोl
उक्त शिविरमा डा. मुकेश चौधरी तथा स्त्री रोग विशेषज्ञ प्रशंसा गुरुङ लगायत अन्य रहनु भएको छ l
कार्यक्रममा हेमराज पाण्डेयले आफूहरू नागरिकको स्वास्थ्य प्रति सधै समर्पित रहेको बताउदै यस स्वास्थ्य शिविर बाट बढी भन्दा बढी व्यक्ति लाभ लिन आग्रह समेत गर्नुभयोl कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद पौडेलले कार्यक्रममा संचालन गर्नुभयोl आजको कार्यक्रममा २६९ जनाको स्वास्थ्य चेक जांच गरिएको
त्यस मध्ये रहेक ४ जना कुष्ठरोगि पहिचान गरिएको साथै कोरोना भाइरसको एन्टीजेन टेस्टको समेत व्यवस्था रहेको स्वास्थय कर्मी चमेली गाहाले जानकारी दिनुभयो l स्वास्थ्य शिविर कार्यक्रमको सम्पूर्ण व्यवस्थापन फोकल पर्सन प्रभास पन्थीले गर्नुभयोl

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर