Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

इजरायलद्वारा लेबनानमा आक्रमण 

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १८:२७

इजरायलद्वारा लेबनानमा आक्रमण 

बेरूत —इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको भनाइ छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन् । आईडीएफले शनिबार बिहान इजरायली सहर मेतुलामा तीनवटा रकेट निष्क्रिय पारेको जनाएको छ । ती घटनामा कोही पनि घाइते नभएका आईडीएफले जनाएको छ ।

तर कुनै पनि समूहले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेका छैनन् । र, लेबनानका प्रधानमन्त्रीले आफ्नो देशलाई ‘नयाँ युद्धमा’ तान्न खोजिएको भन्दै चेतावनी दिएका बीबीसीले जनाएको छ । युद्धविराम सम्झौताले इरान समर्थित लेबनानी सशस्त्र समूह हेजबुल्लाहसँगको १४ महिना लामो युद्ध समाप्त भएको थियो ।

लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले ‘हिंसाको सम्भावित वृद्धिबाट चिन्तित’ भएको जनाएको छ । युनिफिलले इजरायल र लेबनान दुवैलाई ‘आफ्ना प्रतिबद्धताहरू पालना गर्न’ आग्रह गरेको छ । लेबनानका स्थानीय रिपोर्टहरूले देशका दक्षिणी स्थानहरूमा तोपहरू प्रहार भएको जनाएका छन् ।

बीबीसीका अनुसार पछिल्ला केही दिन यता इजरायलले हेजबुल्लाहको निशाना भनेर दाबी गर्ने स्थानमा हवाई आक्रमण गरेको छ र समूहलाई पुन:निर्माण हुनबाट रोक्न आक्रमणहरू जारी राख्ने संकेत गरेको छ ।

त्यसका साथै, इजरायली सेनाले अझै पनि दक्षिणी लेबनानका पाँच स्थान नियन्त्रणमै राखिरहेको छ । लेबनानी सरकारले उक्त कार्य देशको सार्वभौमिमकता र युद्धविराम सम्झौताको उल्लंघन भएको जनाएको छ । युद्धविराम सम्झौताअनुसार ती क्षेत्रबाट इजरायली सेना फिर्ता हुनपर्ने थियो ।

तर इजरायलले ती क्षेत्रमा लेबनानी सेना पूर्ण रूपमा तैनाथ नगरिएकाले सीमावर्ती क्षेत्रका आफ्ना समुदायको सुरक्षाका लागि सेना खटाउनु परेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर