Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

परीक्षा केन्द्रलाई अमर्यादित बनाएको भन्दै महोत्तरीमा एक केन्द्राध्यक्ष र चार निरीक्षकसँग स्पष्टीकरण 

प्रतिक्षा खबर
२०८१ चैत्र १४, बिहीबार १४:५२

नयाँ पत्रिका

महोत्तरीको दुई परीक्षा केन्द्रबाट एक केन्द्राध्यक्ष र चार निरीक्षकलाई स्पष्टीकरण सोधिने भएको छ । चल्दै गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को छैटाैँ दिनको अतिरिक्त विषयको परीक्षामा परीक्षा केन्द्र अमर्यादित भएको भन्दै उनीहरूलाई अनुगमन टोलीको सिफारिसमा स्पष्टीकरण सोध्न लागेको हो ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र राष्ट्रिय अनुसन्धान विभाग महोत्तरी कार्यालयका उप अनुसन्धान निर्देशक एसपी सुदीप अधिकारीसहितको परीक्षा अनुगमन टोलीले श्रीप्रसाद सिंह मावि औरहीका केन्द्राध्यक्ष शिवशरण यादवलाई परीक्षा अव्यवस्थित र अर्मादित भएकोमा केन्द्राध्यक्ष भएरसमेत सो नियन्त्रण किन गर्न नसकेको र अनुगमन टोलीमा पुगेका उपअनुसन्धान निर्देशक एसपी अधिकारीसँग अभद्रता प्रस्तुत गरेको भन्दै स्पष्टीकरण पेस गर्न भनेको छ ।

त्यस्तै, त्रिभुवन मावि गौशालाका चारजना निरीक्षकलाई अनुगमन टोलीको केही परीक्षा सञ्चालनसम्बन्धी असन्तुष्टिबारे स्पष्ट जवाफ दिन नसकेपछि स्पष्टीकरण सोधिएको हो । उनीहरूको स्पष्टीकरण जिल्लास्तरीय परीक्षा समितिमा पेस गर्न भनिएको हो । केन्द्राध्यक्ष र निरीक्षकले आजै सो स्पष्टीकरण पेस गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर