Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सर्लाही जिल्लाकाे पर्सा नाका तस्कर उमेश साहकाे ग्रिन सिग्नलमा चल्दै

प्रतिक्षा खबर
२०८० आश्विन २६, शुक्रबार १५:१४

सर्लाही २६ असोज / सर्लाही जिल्लाको पर्सा नाका, दशैंको मुखमा तस्करहरुका लागी ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ग्रिन सिग्नल पाउनसाथ सीमाबाट अवैध रुपले आयात तथा निर्यात गर्ने तस्कर समुहहरुका लागी पर्सा नाका ट्रान्जिट प्वाइन्ट बन्दै गएको हो ।पर्सा नका हुँदै सुकनाहातिर दैनिक १००भन्दा बढी भारतिय नम्बर पलेटकाे माेटरसाइकलमा माल समानहरु अबैधरुपमा आयात निर्यात भइरहेका छ ।सुकनाहा चाैकीका प्रहरीलाई स्थानिय तस्कर उमेश साहकाे सेटिगंमा कार्य भइरहेकाे छ ।तस्कर साह प्रहरीचाैकीलाइ कमाइ खाने स्थलकाेरुपमा लिएका छन ।सुखनाहा प्रहरी चाैकी साहकै इसारामा चलेकाे स्थानियहरुले बताएका छन ।
पर्सा नाकाबाट दिनहु करोडौको मालसमान अवैध रुपले आयात निर्यात हुने गरेपनि सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक मात्र बनेका छैन्न, अवैध रुपले आयात तथा निर्यात हुने मालसमानको स्कटीङ समेत उमेश साहले गर्ने गरेको प्रहरी श्रोत नै बताउछन । उनका अनुसार माथिल्लो निकायसम्म सेन्डिगेट मिले पश्चात सीमामा खटिएका प्रहरी बाध्य भएरपनि मालसमानको स्कटीङ गर्नु पर्ने बाध्यता रहेको दुखेसो पोखे ।
दिनभर सुनशान देखिने पर्सा नाका दिन रात तस्करहरुको लस्करै लाग्ने गरेको स्थानीय बताउछन । स्थानीयका अनुसार प्रहरीको ग्रिन सिग्नल पाए पश्चात तस्करहरुको लस्करकय कारण रातभरी सुत्न समेत नसकेको दुखेसो पोखे । एक जना, दुई जना तस्कर मात्र नभई पर्सा नाकाबाट सुकनाहा तिर दिनहु दर्जनौ तस्करहरु आफ्नो अवैध काम सुचारु राखेको, उनले दावी गरे । पर्सा नाका हुदै कवाड, कपडा, काजु, मटर, हार्डवेयर, एलसिडि,फटाका,तेल,चिनी लगायतका कामहरु हुने गरेको पाइएको छ । स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोष्ट मात्र नभई माथिल्लो निकायसम्म तस्करीको रकम पुगे पश्चात यस्तो तरिकाको तस्करी कार्य सुचारु हुन सक्ने अनुमान स्थानीयहरुको रहेको छ । तर यहाकाे मुख्य सेटिगं मिलाउने उमेश साह रहेकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर