Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

प्रतिक्षा खबर
२०८१ बैशाख २७, बिहीबार १८:२१

२७ वैशाख, । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।
सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।
बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो ।
डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ ।
‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ’ डीएसपी न्यौपानेले भने ।
घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले बताए ।
मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर