Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

प्रतिक्षा खबर
२०८१ आश्विन १८, शुक्रबार ०८:४६

बेरुत । इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकुहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका छन् ।

हिजबुल्लाह समूहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि समूहको गढ रहेको दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापामार’ सुरु गरेको इजरायलले यसै साता घोषणा गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य बनाएको छ ।

गाजामा हमासको अक्टोबर ७ को आक्रमणपछि युद्धरत इजरायलले आफ्नो उत्तरी सीमा सुरक्षित गर्न र गत वर्ष हिजबुल्लाहको आक्रमणले विस्थापित भएका ६० हजारभन्दा बढी मानिसको सुरक्षित फिर्तीको सुनिश्चितता गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ ।

इजरायली सेनाका अनुसार गाजा मोर्चामा तीन महिनाअघिको आक्रमणमा हमासका तीन वरिष्ठ नेता मारिएका थिए । यसमा युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लडाकु आन्दोलन सरकारका प्रमुख रहवी मुस्तहा पनि थिए ।

इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले बेरुतको दक्षिणी उपनगरहमा तीनवटा हवाई आक्रमणको सूचना दिएको छ र हिजबुल्लाह नजिकको स्रोतले लक्ष्य समूहको मिडिया सम्बन्ध कार्यालयमा गरिएको र त्यो भवन खाली गरिएको बताएको छ ।

इजरायलले लेबनानी जनतालाई २० भन्दा बढी गाउँ र नबतियेह सहर खाली गर्न भनेको छ । “तपाईंको आफ्नै सुरक्षाका लागि तपाईंले तुरुन्तै आफ्नो घर खाली गर्नुपर्छ र अवाली नदीको उत्तरतर्फ जानुपर्छ, आफ्नो ज्यान बचाउनुहोस्”, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक्समा भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर