Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला

प्रतिक्षा खबर
२०८२ बैशाख २०, शनिबार २२:१०

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्। नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्‍याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर अघि बढ्नु लोकतान्त्रिक प्रक्रिया नभएको स्पष्ट पारे।

उनले माओवादी केन्द्र, मधेसवादी दलहरू, राप्रपा, रास्वपा लगायत सबै दलहरूको सहमति विना संविधानमा परिवर्तन गर्नु लोकतन्त्रको आत्मविपरीत हुने बताए । सरकारले संसदलाई छल्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। सरोकारवालासँग छलफल विना विधेयक ल्याउनु अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको उनको भनाइ थियो।

बारम्बार अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति असंवैधानिक र अधिनायकवादी सोचको उपज भएको उनले बताए। साथै केन्द्र सरकारले प्रदेश सरकारहरूमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै निजामती, शिक्षा र प्रहरीसम्बन्धी कानुनहरू सङ्घीयताको मर्म विपरीत निर्माण भइरहेकामा गम्भीर असन्तोष व्यक्त गरे।

‘सत्ताका लागि जे पनि गर्न तयार, सिद्धान्तविहीन गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक छ,’ भन्दै उनले पार्टी नेतृत्वलाई जनतामुखी नीति, पारदर्शिता र राजनीतिक शुद्धताको बाटो समात्न सुझाव दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर