Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

मधेसमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने

प्रतिक्षा खबर
२०८२ आश्विन ११, शनिबार १५:५६
जनकपुर । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको लागि चार दलबिच सहमति भएको छ

सत्तारुढ दुई दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने चार दलबिच सहमति भएको जनमत पार्टीका नेता महेश यादवले पुष्टि गरे । उनका अनुसार मधेसमा नयाँ सरकार बनाउने करिब टुंगो लागिसकेको छ ।

‘विभिन्न चरणको छलफलपश्चात् कांग्रेसलाई नेतृत्व दिएर चार दलको समीकरणमा नयाँ सरकार बनाउने सहमति भएको छ,’ उनले भने । अर्थात् पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार गठन हुने भएको यादवले बताए । उनका अनुसार प्रदेश प्रमुख आएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि पत्र पेस गरिनेछ ।

‘प्रदेश प्रमुख काठमाडौँमा हुनुहुन्छ, उहाँ आजै जनकपुरमा फर्किने सम्भावना छ, उहाँ आज फर्किए आजै, नत्र भोलिसम्म सरकार निर्माणका लागि बहुमतको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी गरिएको छ,’ उनले भने ।

मुख्यमन्त्री कांग्रेसलाई दिने सम्झदारी भए पनि कुन पार्टीलाई कतिवटा मन्त्रालय दिने त्यसमा भने सहमति भइनसकेको उनको भनाइ थियो ।

जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो, मुख्यमन्त्री आफै सांसद रहेको पार्टीले उनलाई सरकारबट बाहिरिन भनेपछि कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ (एकजना निलम्बनबाहेक)जनमतको १३, लोसपाको ८ जना (एक निलम्बनबाहेक) का सांसद छन् । यो संख्यालाई आधार मान्ने हो भने नयाँ सरकार निर्माणका लागि पर्याप्त बहुमत छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर