Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ओली भर्सेस बालेन : रोकिएन ओलीको फेसबुक ‘अनफलो’ अभियान

प्रतिक्षा खबर
२०८१ भाद्र १९, बुधबार १६:१०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार चलिरहेका बेला बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गरिरहेका छन् ।

मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका हुन् । बुधबार अपराह्नसम्म पनि त्यो क्रम जारी छ ।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । बालेनको उक्त स्ट्याटस मंगलबार फेसबुक पेजबाट हटेको थियो ।

त्यसपछि आगो बनेका मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको मंगलबार अर्को पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार भनेका थिए । त्यस लगत्तै बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न अभियान नै चलाएका थिए ।

ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा बुधबार दिउँसो घटेर ५ लाख ९२ हजारमा झरेका छन् ।

मेयर साहले सांसद शर्मालाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । सांसद शर्माविरुद्ध महानगरले बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको थियो । तर एमाले नेता कार्यकर्ताले शर्माको बचाउ गर्दै बालेनको आलोचना गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर