Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

१६ दिन बस्ने गरी चितवन आउँदैछन् पूर्वराजा ज्ञानेन्द्र

प्रतिक्षा खबर
२०८० माघ २८, आईतवार १९:२९

२८ माघ, चितवन । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज आइतबार चितवन आउने भएका छन् । परिवारका अन्य सदस्यसहित चितवन आउन लागेका पूर्व राजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ ।
पटिहानीको सोल्टी होटलमा बस्ने पूर्व राजा ज्ञानेन्द्र नितान्त निजी भ्रमणका लागि चितवन आउन लागेका हुन् । गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए ।
‘गत वर्ष ८ दिन बस्नु भएको थियो, यसपटक १६ दिनका लागि कोठाहरु बुक गरिएका छन्’, सोल्टी होटल स्रोतले भन्यो, ‘उहाँको निजी भ्रमण हो, अरु भेटघाटका तालिका बनेको जानकारी छैन ।’ उनी जहाजबाट भरतपुर आउनेछन् । उनी चढ्ने सवारी साधानहरु भने यसअघि नै भरतपुर आइसकेका छन् ।
चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने स्रोतले जनाएको छ ।
पूर्व राजाको स्वागतका लागि होटल सोल्टीका अध्यक्षसमेत पटिहानी आएका छन् ।
पछिल्लो समय तराइ-मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका पूर्व राजा ज्ञानेन्द्रको यस भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियानहरुको पूर्व तयारी हुन सक्ने भएकाले अर्थपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर