Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

प्रतिक्षा खबर
२०८२ माघ २७, मंगलवार २१:३३

 सुरेश राय

२७ माघ, सिरहा । सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ ।

सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्य बन्दै गएको हो ।

हातहतियार बरामद भएको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, ‘अनुसन्धानको क्रममा जो दोषी देखिन्छ, उसमाथि कानुन बमोजिम कारबाही हुन्छ । अहिले कारागारको अवस्था समान्य छ ।’

कारागारको अशान्त अवस्थाबारे छलफल गर्न कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी पौडेलको कमान्डमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।

यसअघि सोमबार बिहान करिब ११ बजे अनुगमन गर्ने क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । सोही क्रममा यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो

नियन्त्रणमा लिइएकामध्ये एक जनाको सोही दिन कैद अवधि सकिएकाले रिहा गरिएको र बाँकी १२ जनालाई नुवाकोट, काठमाडौं सेन्टर तथा रौतहट कारागार पठाइएको प्रशासनले जनाएको छ ।

नाइके यादवलाई कारागारबाट हटाइएको विरोधमा कैदीहरूले सोमबार दिनभर, रातभर र मंगलवार दिनभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । त्यसक्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर