Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

सीके राउतले देखेका नेपाल विकासका ५ बाधक

प्रतिक्षा खबर
२०८० माघ २२, सोमबार १८:०६

२२ माघ, जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीको केन्द्रीय सचिवालयको बैठकमा छलफलका लागि राजनीतिक प्रस्ताव पेस गरेका छन् ।
जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा राउतले नेपालमा विकास हुन नसक्नुका पाँच कारणहरूसहित यसका विकल्प समेत उल्लेख गरेर छलफलका लागि प्रस्ताव पेश गरेका हुन् ।
प्रस्तावमा राजनीतिक संरक्षणमा बेथिति, भूराजनीतिक परिवेश, नेतृत्वमा दूरदृष्टि र प्रतिवद्धताको कमी, अस्थिर सत्ता र भ्रष्टाचार संस्थागतलाई मुलुकको विकासका बाधकका रूपमा उल्लेख गरेका छन् ।
यस्ता छन् सीके राउतले देखेका पाँच बाधक उनकै शब्दमा :
१. राजनीतिक संरक्षणमा बेथिती
नेपालमा राजनीतिको आड र शीर्ष नेताको संरक्षणमा जे गरे पनि हुने, जे भत्काए पनि हुने, यहाँसम्म कि हत्याहिंसा गरे पनि मिलाउन सकिने खालको बेथिती छ । विद्यालयको शुल्क तिर्नु पर्छ, आन्दोलन वा तोडफोड गरे तिर्नुपर्दैन ।
सवारी साधन र सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ, जिम्मेवार हुनुपर्दैन । अस्पतालमा तोडफोड गरेर पनि उम्किन सक्ने । उद्योगमा पनि उद्योगीहरूद्वारा पनि मनपरीतन्त्र छ भने आफू अनुकुल भएन भने कामदारहरू पनि जतिखेर पनि आन्दोलन गरेर बन्द गर्न सक्छन् ।
यस्तो माहौलमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा आदिसँग सम्बद्ध संस्थाहरू निर्धक्क भएर स्थापित हुन सक्दैनन् र निर्वाध रूपमा सेवाप्रवाह गर्न सक्दैनन् । लगानीकर्ताहरूलाई सुरक्षित महसुस हुँदैन । सरकारी तवरबाटै पनि कतिखेर कुन नीति आइदिने हो त्रास बनिराख्छ । जसले गर्दा दीर्घकालीन नीति तहत लगानी हुँदैनन् ।
२. भूराजनीतिक परिवेश
नेपाल कागजी रूपमा स्वतन्त्र भए पनि यथार्थमा यहाँ हरेक राजनीतिक र आर्थिक महत्वपूर्ण निर्णयहरू, गठबन्धन निर्माण र सरकार परिवर्तन बाह्य प्रभावमा नै हुन्छ ।
त्यसलाई झेल्न सक्ने राजनैतिक नेतृत्व वा दलहरू भइदिएनन् । जसले बाह्यशक्तिको निर्देशन विपरीत निर्णय गर्छ, उसको सरकार त्यति नै खेर ढल्छ र अर्को पात्र खडा गरिन्छ । यसबाट बच्नका लागि एउटै उपाय छ– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
३. नेतृत्वमा दूरदृष्टि र प्रतिवद्धताको कमी
नेपालको नेतृत्व आफ्नो विभिन्न कमी कमजोरी र विगतका गल्तीहरूको कारणले गर्दा चाहेर पनि दूरदृष्टि राख्न सक्दैनन् र आसन्न सत्ता निर्माणमा नै उनीहरूको ध्यान र ऊर्जा केन्द्रित हुन्छ
सत्तामा पुग्नका लागि आन्तरिक बाह्य शक्ति केन्द्रहरूसँग जस्तोसुकै सम्झौता गर्न बाध्य हुन्छन् । जुन आफू वा बढीमा आफ्नो पार्टी वा मान्छे बचाउन केन्द्रित हुन्छ । देश र जनताको अवस्था के छ र कस्तो हुनेछ, त्योसँग इमान्दारीपूर्वक कुनै सरोकार रहने गरेको छैन ।
सत्तामा पुग्नका लागि वा बाह्य शक्ति केन्द्रहरूसँग सामीप्यता र बफादारी देखाउनका लागि ऋण लिइदिएको वा अन्य सम्झौताहरू गरिदिएको प्रशस्तै उदाहरणहरू छन् । ती ऋण र सम्झौताहरू स्पष्ट रूपमा देश वा जनताको लागि घातक नै थिए ।
त्यस्तै नेतृत्वमा प्रतिवद्धताको कमी छ । को प्रति प्रतिवद्ध हुने, को प्रति जिम्मेवार हुने ? साँच्चिकै रूपमा हृदयले नै देशप्रति प्रतिवद्ध हुने र जनताप्रति जिम्मेवारी हुने स्तरको बोध देखिदैन । राजनीतिको सुरुवात गर्दाखेरि कतिपयमा त्यो देखिएको भएता पनि सत्तामा पुग्दासम्म विभिन्न परिबन्धमा बाँधिन गई त्यो स्तरसम्म प्रतिवद्ध नै हुन पाउँदैनन् ।
४. अस्थिर सत्ता
नेपालको सत्ता प्रजातन्त्र आएपछि कहिले पनि स्थिर भएन र स्थिर नभएपछि यसका नीति तथा कार्यक्रमहरू, रणनीति र योजनाहरू केही स्थिर हुने भएनन् । एउटा सरकारले गर्न खोजेको कुरा केही महिनामै सरकार परिवर्तन भएपछि थन्किन्छ । एउटा कार्यालय प्रमुखले गर्न वा थिति बसाउन खोजेको कुरा अर्को आएपछि सकिन्छ ।
५. भ्रष्टाचार
जतिसुकै राम्रो योजना भए पनि यदि भ्रष्टाचार छ, त्यो पनि नीतिगत, संस्थागत र दण्डहीनताको बीचमा छ भने त्यो देश विकसित हुन गाह्रो छ । त्यसमा पनि नेपाली समाजले भ्रष्टाचारलाई सामाजिक रूपमा स्वीकार गरेको अवस्था छ ।
अरूले गरेको भ्रष्टाचारलाई देख्ने मान्छे समेतले आफूले गरेको भ्रष्टाचारलाई भ्रष्टाचार भन्दैनन् । न त परिवार, समाज वा देशबाट नै भ्रष्टाचारीहरू सामाजिक रूपमा बहिष्कृत वा लज्जित हुनु परेको छ । बरु भ्रष्टाचार गर्न पाउनु आफूलाई पाको ठान्ने र जति ठूलो भ्रष्टाचार गर्‍यो उति ठूलो गर्वको विषय जस्तो हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर