Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित

प्रतिक्षा खबर
२०८३ भाद्र २८, आईतवार १०:३७

२८ भदौ, जनकपुरधाम । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बित्न लाग्दा पनि धनुषाको बटेश्वर गाउँपालिकाले बजेट पारित गर्न सकेको छैन । गाउँपालिकाले गत १० असारमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरे पनि जनप्रतिनिधिबीच बजेट भागबन्डामा कुरा नमिल्दा पारित हुन नसकेको हो ।

बटेश्वरमा एक वडाध्यक्ष बाहेक अध्यक्षदेखि वडासदस्यसम्म जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित छन् । कार्यकालको अन्तिम वर्षमा बढी बजेट पाउने स्वार्थको लडाइँले उनीहरूबीचकै बजेट बाँडफाँटको विवादले गाउँपालिकाको बजेट प्रक्रिया रोकिएको छ । बजेट पारित नहुँदा आर्थिक कारोबार ठप्प छ । कामकाज प्रभावित भएका छन् । बिग्रेको एम्बुलेन्स बनाउन पनि समस्या छ ।

२०७९ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल अब केही महिना मात्रै बाँकी छ । त्यसैले सकभर बढी बजेट आफ्‌नो पोल्टामा पार्ने होडमा जनप्रतिनिधि छन् । विगतमा वडाध्यक्षलाई करिब एक करोड रुपैयाँसम्म बजेटको सीमा निर्धारण गरिँदै आएको थियो । तर यसपटक नेपाल सरकारबाट समानीकरण अनुदानबापत ९ करोड रुपैयाँ मात्रै प्राप्त भएकाले बजेट बाँडफाँटमा समस्या भएको गाउँपालिका अध्यक्ष रामअशिष महतो स्वीकार्छन् ।

अध्यक्ष महतोले सुरुमा वडाका लागि ४० लाख रुपैयाँ सिलिङ तोकेका थिए । तर वडाध्यक्षहरूले भने विगतकै जस्तो एक करोड रुपैयाँ माग गर्दै आएका थिए । लामो छलफलपछि अहिले वडाका लागि ६५ लाख रुपैयाँ छुट्याउने सहमति भएको अध्यक्ष महतोले बताए ।

‘बजेट पारित नहुनुको कारण वडाको सिलिङ नमिलेको हो । वडाले एक करोड मागिरहेका थिए । अहिले ६५ लाखमा कुरा मिलिसकेको छ,’ अध्यक्ष महतोले भने, ‘अब उपाध्यक्ष र कार्यपालिका सदस्यबीच बजेट सिलिङ मिलाउन बाँकी छ । त्यसपछि बजेट पारित हुन्छ ।’

उनका अनुसार वडालाई ६० लाख रुपैयाँ पुँजीगत र पाँच लाख रुपैयाँ चालु खर्चबाट सञ्चालन खर्च व्यवस्थापन गर्ने सहमति भएको छ । ९ करोड रुपैयाँको समानीकरण अनुदानमध्ये करिब पाँच करोड रुपैयाँ क्रमागत योजना तथा दायित्वमा खर्च हुने भएकाले बाँकी करिब चार करोड रुपैयाँबाट सबै पक्षको बजेट सिलिङ मिलाउनुपर्ने दबाब छ ।

केही जनप्रतिनिधिले भने कर्मचारीले जनप्रतिनिधिबीच विवाद बढाएर बजेट पारित गर्न ढिलाइ गरिरहेको आरोप लगाएका छन् । कार्यकाल सकिन लागेकाले विवाद लम्ब्याएर पछि कर्मचारीले आफूखुसी बजेट चलाउने अवस्था बनाउन खोजेको उनीहरूको दाबी छ ।

तर प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलले कर्मचारीको त्यस्तो नियत नरहेको बताए ।

‘जनप्रतिनिधिबीचमै बजेट सिलिङको कुरा नमिलेका कारण बजेट पारित हुन नसकेको हो । कर्मचारीले खेलाएर समय बिताउने र आफूखुसी बजेट चलाउने कुनै नियत छैन,’ उनले भने ।

पौडेलका अनुसार समानीकरण अनुदान, ससर्त अनुदान तथा अन्य अनुदानसमेत जोड्दा गाउँपालिकाले करिब ४० करोड रुपैयाँको बजेट पारित गर्न सक्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर