Advertisement
ताजा खबर
जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित
जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित

जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

प्रतिक्षा खबर
२०८३ भाद्र २७, शनिबार २०:१४

जनकपुरधाम ।
मधेश प्रदेश निर्माण भए पनि अब मधेश राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने कार्यक्रमका प्रमुख वक्ता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो।

नाै दलीय अग्रगामी मोर्चाले जनकपुरधाममा मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष यादवले आफ्नै शासन–प्रशासन, कानुन र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेशी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो।
अध्यक्ष यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यसबाट जनताले धेरै आशा गर्न नहुने बताउनुभयो। विगतदेखि नै मधेशी जनताको भाषा, संस्कृति, रहनसहन र पहिचानमाथि विभेद हुँदै आएको तथा मधेशी जनतामाथि चरम शोषण र दोहन गरिएको उहाँको आरोप थियो।
उहाँले वर्तमान सरकारले पनि मधेशी जनतालाई मतदाता र करदाताका रूपमा मात्रै हेरेको आरोप लगाउँदै सीमाक्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ दिएको बताउनुभयो।


अध्यक्ष यादवले जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आफ्नो भाषा, संस्कृति र सुशासनको अधिकार सुनिश्चित नभएको मुलुकमा लोकतन्त्र बलियो हुन नसक्ने धारणा राख्नुभयो। चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेर बर्तमान प्रधानमन्त्रीले मधेशी जनताको मत लिएको आरोप लगाउँदै उहाँले संविधान संशोधनको विषयमा वर्तमान सरकार पछि हटेको बताउनुभयो।


नेपालको विद्यमान निर्वाचन प्रणाली नै भ्रष्टाचारको प्रमुख कारणमध्ये एक रहेको दाबी गर्दै यादवले निर्वाचन प्रणाली परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो।
कृषि क्षेत्रको समस्याबारे बोल्दै अध्यक्ष यादवले नेपालमा अझै पनि ठूलो जनसंख्या कृषिमा निर्भर रहे पनि किसान सबैभन्दा बढी उपेक्षित अवस्थामा रहेको बताउनुभयो। किसानले समयमा पानी, मल, गुणस्तरीय बीउ तथा उत्पादनको उचित बजार नपाएको उहाँको भनाइ थियो।
किसानलाई मिटरब्याजको चक्रबाट मुक्त गर्न गाउँ–गाउँमा ग्रामीण बैंकमार्फत सहज र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने मागसमेत उहाँले राख्नुभयो।
अध्यक्ष यादवले छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन तथा संघर्ष अघि बढाउने चेतावनी दिनुभयो।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले नेपाली जनताको बलिदानको जगमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न अग्रगामी मोर्चा निर्माण गरिएको बताउनुभयो। उहाँले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी जनता नै राष्ट्रवादका वास्तविक पहरेदार भएको टिप्पणी गर्दै अधिकार माग्ने मधेशीलाई विदेशी देख्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताउनुभयो। मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन यसमा आबद्ध नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
वर्तमान सरकारप्रति कटाक्ष गर्दै डा. राउतले नेपाली जनतालाई विदेश जानबाट रोक्ने तथा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुई तिहाइको समर्थन पाएपछि झन् बढी नेपालीलाई विदेश पठाउने अवस्था सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै आफूहरू नेतृत्व लिन तयार रहेको बताउनुभयो।
मधेशमा लामो समयदेखि संघर्ष गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले समेत मधेशी जनतालाई अधिकार दिन नसकेको अवस्थामा सेनाको बलमा बनेको सरकारबाट अधिकार प्राप्त हुने अपेक्षा गर्नु ‘दिवास्वप्न’ भएको डा. राउतको टिप्पणी थियो।

त्यस्तै, आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले पटक–पटक आन्दोलन र संघर्ष भए पनि नेपाली जनताले अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्नुको प्रमुख कारण राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानी रहेको आरोप लगाउनुभयो। राज्यले विभिन्न समयमा सम्झौता गर्ने तर कार्यान्वयनको चरणमा बेइमानी गर्ने प्रवृत्तिका कारण जनता पीडित हुँदै आएको उहाँको भनाइ थियो।
अध्यक्ष साहले अग्रगामी मोर्चाको भेला तथा अभिमुखीकरण कार्यक्रमले देशलाई अन्तहीन संकटतर्फ धकेल्ने ‘फेक शासन’ र ‘दलालतन्त्र’को भण्डाफोर गर्दै प्रणाली सुधारको दिशामा अघि बढ्ने संकल्प गरेको बताउनुभयो।

कार्यक्रममा संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवानले समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिका पक्षमा अग्रगामी शक्तिहरूबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
अध्यक्ष रिजवानले देशभक्त, लोकतान्त्रिक तथा वास्तविक परिवर्तनका पक्षधर शक्तिहरूलाई अग्रगामी मोर्चामा आबद्ध हुन आह्वान गर्दै अधिकार, सुशासन र प्रणाली सुधारका लागि संयुक्त रूपमा अघि बढ्ने समेत बनाउनुभयाे ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरले वर्तमान सरकार मधेशका मूल निवासीमाथि दमन गर्दै पश्चगामी दिशातर्फ अघि बढिरहेको आरोप लगाउनुभयो। मधेशी जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीयतालाई समाप्त पार्ने प्रयास भइरहेको उहाँको आरोप थियो।


अम्बेडकरले अग्रगामी मोर्चाको मुख्य उद्देश्य संघीयता, समानुपातिक प्रतिनिधित्व र सुशासनलाई संस्थागत गर्दै परिवर्तनका उपलब्धिको रक्षा गर्नु रहेको बताउनुभयो।

जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा नौ दलीय अग्रगामी मोर्चाले जनकपुरधाममा मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ भने
कार्यक्रममा मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारीले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा अग्रगामी मोर्चासँग आबद्ध दलका शीर्ष नेताहरू तथा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर