Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए
☰

महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

प्रतिक्षा खबर
२०८३ भाद्र ३०, मंगलवार ११:१५

महाेत्तरी । ज्यान मार्ने उद्योगमा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तलाई रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि ढकालकै नेतृत्वमा भगाइएको पाइएको छ ।

आइतबार जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा रास्वपा सहमहामन्त्री एवं सांसद हरि ढकालको नेतृत्वमा भएको कार्यक्रममा ज्यान मार्ने उद्योगमा फरार अभियुक्त रोमन प्रताप सिंह ‘रोमन’ सहभागी भएको र उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई रास्वपाका कार्यकर्ताले अवरोध गरेको खुलेको हो ।

पछिल्लो समय रास्वपाले मधेशमा देखिएको समस्या समाधानका लागि सहमहामन्त्री ढकाललाई मधेश प्रदेशका विभिन्न जिल्लामा ‘पार्टी अडिट’ गर्न खटाएको छ । शनिबार जनकपुरधाम पुगेका ढकाल आइतबार दिउँसो महोत्तरीको कार्यक्रममा पुगेका थिए ।

सांसद ढकाल राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका छन् । सोही कार्यक्रममा गत जेठमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दाका मुख्य प्रतिवादी मनरा सिस्वा नगरपालिका–२ का रोमन प्रताप सिंह ‘रोमन’ पनि सहभागी थिए ।

रोमन सो कार्यक्रममा पुगेको प्रहरीलाई सूचना पुगेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको एक विशेष टोली उनलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो । तर रास्वपाकै कार्यकर्ता एवं सहमहामन्त्री ढकालले नाराबाजी गर्न थालेका थिए । प्राप्त भिडियोमा प्रहरीविरुद्ध नाराबाजी गर्दै रोमनलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइरहेको प्रस्टै सुनिन्छ । प्रहरीले रोमनलाई लिएर जाने अडान कसेपछि हलबाट सांसद ढकालको नेतृत्वमा बाहिरिएका कार्यकर्ताले पक्राउ गर्न पुगेको प्रहरीलाई हुलहुज्जत गर्दै नाराबाजीसमेत गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी श्याम सारु मगरले ज्यान मार्ने उद्योगको मुद्दामा प्रहरीको खोजीमा रहेका रोमन प्रताप सिंह रास्वपाका कार्यकर्ताको अवरोधकै कारण फरार हुन पुगेको पुष्टि गरे । एसपी मगरले सो घटना भएको र त्यहाँ उपस्थित कार्यकर्ताको हुलहुज्जतकै कारण प्रहरीले रोमनलाई नियन्त्रणमा लिन नसकेको बताए ।

उनका अनुसार कार्यक्रममा रोमन चिप्लिएर फरार भए पनि प्रहरीले उनको खोजी कार्य जारी राखेको छ।

के हो घटना ?
गत जेठ १७ गते महोत्तरीको मनरा सिस्वा नगरपालिकामा रास्वपाको नगर अधिवेशन डाकिएको थियो। सोही नगर अधिवेशनमा रास्वपाकै कार्यकर्ताबीच झडप भएको थियो ।

दुई पक्षबीच विवाद भएपछि तत्कालीन नगर सभापति रहेका रमण सिंहले परिचित रोमन प्रताप सिंहले आफ्नो पक्षका कार्यकर्ता लगाएर असन्तुष्ट पक्षमाथि कुटपिट गरेको आरोप लागेको थियो ।

नेतृत्व चयनको विषयमा उत्पन्न विवादले दुई पक्षबीच झडप भएको थियो। सो झडपमा मनरा सिस्वा नगरपालिकाका सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए। अन्यको अवस्था सामान्य रहे पनि मनरा सिस्वा नगरपालिका–१ का सतीश कापर र सोही पालिका का गोविन्द कापर गम्भीर घाइते भएका थिए ।

आफ्नै असन्तुष्ट कार्यकर्तामाथि गुण्डा लगाएर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रोमनविरुद्ध सतीश कापरले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेका थिए। गत साउन ४ गते महोत्तरी जिल्ला अदालतले रोमनलाई पक्राउ गरी अनुसन्धान गर्न आदेशसहित पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वभरनाथ साहले बताए ।

निरीक्षक साहका अनुसार विशेष सूचनाको आधारमा रोमनलाई सोमबार पक्राउ गर्न खोजिएपनि असफल भएको बताए । उनलाई पक्राउ गर्न जाँदा प्रहरीलाई अवरोध भएको बताए । प्रहरीले रोमनको खोजी कार्य जारी राखेको बताए ।

प्रहरी स्रोतका अनुसार रोमनलाई पक्राउ गर्न प्रहरीको एक टोली पुगेको खबर बाहिरबाट सांसद ढकाल र रोमन समर्थित कार्यकर्तासम्म पुगेको थियो । सोही क्रममा रोमनका समर्थकहरूले होहल्ला मच्चाएका थिए ।

प्रहरीले रोमनलाई जसरी पनि लिएर जाने अडान कसेपछि सांसद ढकालले ‘सँगै हिँड रोमन’ भनेको स्रोतको दाबी छ। रास्वपाका एक टोलीले प्रहरीलाई गेटमा रोकिरहेको बेला माननीयसँगै निस्किएका रोमन त्यहाँबाट फुत्तै निस्किएको स्रोतको दाबी छ। ‘माननीय स्वयं निस्किएपछि प्रहरी पनि केही समय अलमलमा परेको र त्यही मौका छोपेर रोमनलाई भगाइएको प्रहरी स्रोतको दाबी छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर