Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल
☰

दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री

प्रतिक्षा खबर
२०८३ भाद्र २५, बिहीबार २१:०३

२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिइन् । उनको स्थानमा सुनसरी-४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् । साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् ।

पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले यसबीचमा चार वटा पार्टी चहारिसकेका छन् । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथि साह रास्वपा सांसद हुँदै मन्त्री पदमा पुगेका छन् ।

पेसाले इन्जितयर साहले जनमत पार्टी गठन गर्न राउतलाई ठूलो सहयोग गरेका थिए । दुवैको अध्ययनको क्षेत्र इञ्जिनियरिङ हुँदा साह र राउत नजिकिएका थिए । जनमत गठनपछि साह उच्च तहका दुई पद उपाध्यक्ष र अनुशासन समितिको प्रमुख बने ।

सुरुमा जनमतले केन्द्रीय कार्यालय साहको भक्तपुरस्थित घरमा राखेको थियो । सूर्यविनायक-३, भक्तपुरमा रहेको साहको घरको भुइँ तलामा जनमतको सुरुवातकालीन पार्टी कार्यालय थियो ।

कुनै बेला पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा भर्ना हुनका लागि राउतलाई आर्थिक जोहो गरिदिने व्यक्ति उनै नवनियुक्त मन्त्री साह थिए । उक्त प्रसंगलाई जनमतका अध्यक्ष राउतले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् ।

पार्टी गठनपछि राउत र साहको सम्बन्ध दिगो भने भएन । अध्यक्ष राउत र तत्कालीन उपाध्यक्ष साहबीचको सम्बन्धमा दरार आउनुमा आर्थिक विषय कारण रहेको उनीहरूको सम्बन्धबारे जानकार मधेशका नेताहरू बताउँछन् ।

राउत र साहबीचको तीन दशक लामो सम्बन्धमा दरार ल्याउने अर्को प्रकरण भने गोमा लाभलाई संघीय सांसदबाट हटाउने निर्णय थियो । अनुशासन आयोगका प्रमुख रहेका साहले गोमा लाभलाई हटाउने निर्णयमा पुनर्विचारको आग्रह गरेका थिए ।

गोमालाई सांसद पदबाट हटाउन अध्यक्ष राउतले पटकपटक तत्कालीन सभामुख देवराज घिमिरेलाई पत्र लेखेका थिए । तर त्यसबेलाका सभामुख घिमिरेले जनमत अध्यक्षको चाहनाअनुसार गोमालाई हटाएनन् ।

सम्बन्ध बिग्रिँदै गएपछि साहलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बन गरेर गत साउनदेखि साहलाई पार्टीबाट नै निष्काशन गरिएको थियो ।

उपाध्यक्ष साहले पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको, विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप थियो । पार्टीबाट निलम्बनका क्रममा पनि उनले पार्टीको नाम, झण्डा, छाप आदिको प्रयोग गरिरहेका थिए ।

जनमतबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन भए पनि उनी राजनीतिमा भने निष्क्रिय बसेनन् । साहले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराए । जनस्वराज पार्टीको नामका विरुद्धमा अदालतमा मुद्दा पर्‍यो ।

जनमत पार्टी परित्याग गरेकाहरूले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष राउत अदालत गएका थिए । साहको नेतृत्वमा आयोगमा दर्ता भएको जनस्वराज पार्टीलाई अदालतले मान्यता दिएन ।

त्यसपछि उनले अर्को दल दर्ता गराए । साहले नयाँ दल ‘सर्वोदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गराए । उक्त दलले चुनाव चिह्न ‘मकैको घोगा’ प्राप्त गरेको थियो । उक्त दलका अधिकांश व्यक्ति जनमतबाट निस्केका, निष्काशनमा परेकाहरू थिए ।

Oplus_16908288

चुनावको मुखमा साह स्वयं नै रास्वपामा प्रवेश गरे । उनको दल सर्वोदय रास्वपामा विलय भयो । सुनसरीका साहले रास्वपाबाट सुनसरी-४ मा प्रतिनिधिसभाको टिकट पाए ।

चुनावी लहर रास्वपाको पक्षमा आएको बेला उनले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो अन्तरले पराजित गरे ।

२०७९ सालमा जनमतबाट चुनावी प्रतिस्पर्धा नगरेका साह पहिलो पटक उम्मेदवार बनेका थिए । उनी ४२ हजार ७७१ मत मत प्राप्त गरेर निर्वाचित हुँदा पराजित कार्कीले १६ हजार ५८७ पाएका थिए ।

सुनसरीस्थित कप्तानगञ्जमा गत साउन १० गते भएको घटनाका विषयमा आफूखुसी प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि पार्टीभित्र प्रश्न उठेको थियो । दुई समुदायबीचमा भएको उक्त घटना विस्तार हुँदै मधेशमा समेत पुगेको थियो । दुई समुदायको विवाद उग्रहुँदा सुनसरीमा ३ र सिरहामा १ जनाको ज्यान गएको थियो ।

गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनमा सुनसरी घटनाको छुट्टै प्रतिवेदन तयार गरेको साहले दाबी गरेका छन् । विना निर्णय आफूखुसी प्रतिवेदन तयार गरेको र उक्त घटनामा रास्वपाका सांसदलाई पनि दोषी देखाएको भन्दै साहका विषयमा पार्टीभित्रै प्रश्न उठेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर