Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

अयोध्यामा जमिन विवाददेखि राम मन्दिर निर्माणसम्म : ७५ वर्षमा के के भयो ?

प्रतिक्षा खबर
२०८० माघ ७, आईतवार १९:१०

अयोध्या / २२ जनवरी अर्थात् भोलि सोमबार भारतको इतिहासको पानामा नयाँ आयाम थपिने छ । वर्षौंको संघर्ष र बलिदानपछि अयोध्यामा भगवान रामको प्रतीमाको प्राणप्रतिष्ठा हुँदैछ । अहिले अयोध्या र उत्तर प्रदेशमात्रै होइन, पूरै भारत राममय भएको छ । मुस्लिम र हिन्दु दुवै धर्मको दाबीका कारण अयोध्या सधैँ विवादित रहँदै आएको थियो । यो विवादको इतिहास ४९१ वर्ष पुरानो छ । आजको लेखमा हामी अयोध्याको विगत ७५ वर्षको घटनाक्रमहरुबारे चर्चा गर्नेछौँ ।
मूर्ति प्रकट
सन् १९४९ को डिसेम्बर २३ को बिहान राम जन्मभूमिका चौकीदार अब्दुल बरकतले घण्टको चर्को आवाज र भजन सुने । उनी स्वतःस्फूर्त रुपमा बाबरी मस्जिदतर्फ तानिए । त्यहाँ उनले चम्किलो प्रकाश देखे । चमकसँगै उनले ४÷५ वर्षको भगवानजस्तै देखिने सुन्दर बालकको चित्र देखे । मस्जिदभित्र सिंहासनमा राखिएको रामको मूर्तिको आरती गरिरहेका हिन्दुहरुको भिड पनि देखे । ४÷५ वर्षका ती बालक राम भगवान थिए । राम प्रकट हुनु राम जन्मभूमि र बाबरी मस्जिद विवादको ४९१ वर्षको इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना साबित भयो
मस्जिदमा विवाद रोकियो

त्यसपछि मुस्लिमहरूले रामको त्यो मूर्तिको चमत्कारमाथि प्रश्न उठाए अनि अयोध्याको हनुमानगढी मन्दिरका महन्त अभिराम दासमाथि ९ इन्चको मूर्ति राखेको आरोप लगाए । जिल्ला मजिस्ट्रेट केके नायर र सिटी मजिस्ट्रेट गुरु दत्त सिंहलाई मूर्ति हटाउन भनियो । तर उनीहरूले प्रधानमन्त्री जवाहरलाल नेहरू र उत्तर प्रदेशका मुख्यमन्त्री जीबी पन्तलगायत उच्च अधिकारीहरूको अवज्ञा गरे । राज्य सरकारले त्यसपछि मस्जिद बन्द गरिदियो । हिन्दुहरुलाई बाहिरबाटै रामको पूजा गर्न अनुमति दिइयो ।

त्यसपछि मुद्दा मामिलाको एउटा शृङ्खला सुरु भयो । हिन्दु पक्षबाट दिगम्बर अखाडाका प्रतिनिधिहरू सन् १९५० मा अदालतको ढोका ढकढक्याउन पुगे । त्यसपछि १९५९ मा निर्मोही अखाडाका प्रतिनिधिहरु अदालत पुगे ।
सन् १९६१ मा सुन्नी सेन्ट्रल वक्फ बोर्डले मस्जिद र त्यस आसपासको चिहानमाथि दाबी गरयो । त्यसपछि १९८९ को जुलाईमा राम जन्मभूमिले मस्जिद हटाउने माग राख्दै विवादित जमिन फिर्ता माग्यो । इलाहाबाद उच्च अदालतले रामललाको दाबीलाई आंशिक रूपमा स्वीकार गरयो । निर्मोही अखाडा र सुन्नी सेन्ट्रल वक्फ बोर्डलाई २ दशमलव ७७ एकड जमिनको एक तिहाइ दिनु अघि धेरै वर्ष बिताइदियो ।
अन्ततः सर्वाेच्च अदालतले सन् २०१९ को नोभेम्बर ९ मा आफ्नो फैसलामा सम्पूर्ण जग्गा राम जन्मभूमिलाई दियो । यो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दियो ।

१३९ वर्षअघि सुरु भएको थियो विवाद
निर्मोेही अखाडाका महन्त रघुवर दासले सन् १८८५ को जनवरी १५ मा जमिनको आंशिक दाबा फिर्ता लिन पहिलो मुद्दा दायर गरेका थिए । उनी मस्जिद अगाडि राम चबुतरा नामक चौकीमा एउटा मण्डप बनाउन चाहन्थे । तर उपन्यायाधीश हरकिशन सिंहले तनाव बढाउन सक्ने भन्दै उनको निवेदन खारेज गरिदिए । जिल्ला न्यायाधीश कर्णेल एफईए चमियरको मनमा भने हिन्दुहरुप्रति अलि बढी सहानुभूति थियो । हिन्दुहरुको पवित्र स्थलमा मस्जिद बनेको उनले स्वीकार गरेका थिए तर यथास्थिति कायम राख्दै उनले ३५० वर्षअघि भएको गल्ती सच्याउन निकै ढिलो भइसकेको बताए ।
१६ औँ शताब्दीमा सुरु भएको थियो विवाद

तीन गुम्बज भएको बाबरी मस्जिद सन् १५२८ मा बनेको थियो । मुगल सम्राट बाबरका सेनापति मीर बाकीले भगवान रामको जन्मस्थल रहेको मन्दिर भत्काएको मानिन्छ । त्यसबेलादेखि हिन्दुहरूले त्यो भूमि फिर्ता लिन खोजिरहेका थिए । सम्राट अकबरको पालामा उनको लागि राम चबुतरा बनाइएको थियो, तर उनका नाति औरंगजेबको शासनकालमा यो विवाद झनै बढ्यो । केही स्रोतका अनुसार गुरु गोविन्द सिंहको सेना पनि रामजन्मभूमिलाई मुक्त गर्न युद्धमा सामेल भएको थियो । अवधका अन्तिम नवाब वाजिद अली शाहको नेतृत्वमा ब्रिटेन निवासी मेजर जेम्स आउटरामले मस्जिदमा साम्प्रदायिक संघर्षको सूचना दिए । त्यसैले १८५९ मा, जब भारत ब्रिटिश राजको अधिनमा आयो, अदालतले मस्जिदको भित्री प्राङ्गण मुस्लिमहरूलाई र चबुतर भएको बाहिरी चोक हिन्दुहरूलाई हस्तान्तरण ग‍रिदियो ।

१९८० को दशक र हिन्दुत्वको उदय

सोमबार राम मन्दिरको अभिषेक हुँदा दशकौँदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठुलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा विराजमान हुनेछ । बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । ४० वर्षको सङ्घर्षको परिणतीको प्रतीक पनि हुनेछ जनवरी २२ ।
भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को शाखा विश्व हिन्दु परिषद सन् १९६४ मा गठन भएको थियो । तर यसको एजेन्डामा सन् १९८० को दशकको सुरुमा मात्रै राम मन्दिर आएको हो । सन् १९८४ को जनवरीमा आरएसएसका प्रमुख बालासाहेब देवरसले प्रयागराज माघ मेलामा एक संघ शिविरमा उपस्थितहरूलाई राम जन्मभूमि कहिलेसम्म बन्द रहनेछ ? भनेर सोधेका थिए । तीन महिनापछि दिल्लीमा आयोजित एक धर्म संसदमा भाग लिएका सांसदहरुले राम जन्मभूमि मुक्तिको मुद्दा उठाए । सोही वर्ष राम जन्मभूमि मुुक्ति यज्ञ समिति गठन गरियो अनि अयोध्याको सरयूदेखि लखनउसम्म धर्म यात्राका क्रममा उत्तर भारत, महाराष्ट्र र गुजरातका हिन्दुहरुलाई सामूहिक रुपमा मन्दिरको मुद्दाको विषयमा जानकारी गराइयो ।

आन्दोलनमा भाजपाको संलग्नता
सन् १९८६ को फेब्रुअरी १ मा फैजाबाद जिल्लाका न्यायाधीश केएम पान्डेले वकिल उमेशचन्द्र पाण्डेको याचिकामा विवादित ठाउँको ताला हिन्दुहरुको पूजाका लागि खोल्न अनुमति दिए । यो आदेश आएको ४० मिनेटभित्रै नगर प्रमुखले ताल्चा खोले । हाशिम अन्सारीले आफूहरुको भनाइ सुन्दै नसुनी उक्त आदेश पारित गरिएको भन्दै मुस्लिम पक्षको तर्फबाट निर्णयलाई चुनौती दिए । फेब्रुअरी ६ मा बाबरी मस्जिद एक्शन कमिटी गठन भयो र मेलमिलापको सम्भावना कम भयो । त्यतिन्जेल विश्व हिन्दु परिषदले मन्दिर आन्दोलनको नेतृत्व गरिरहेको थियो । १९८९ को जुनमा पालमपुर सम्मेलनमा भाजपाले राम मन्दिर आन्दोलनमा सामेल हुने घोषणा गरयो । अदालतले विश्वास र आस्थाको विषयलाई तय गर्न नसक्ने भाजपाको भनाइ थियो । त्यो वर्षपछि लोकसभा चुनाव नजिकिँदै गर्दा, राजीव गान्धी नेतृत्वको कांग्रेस सरकारले पनि विश्व हिन्दु परिषदलाई विवादित स्थल नजिकै शिलान्याश गर्ने अनुमति दिएर हिन्दुहरूलाई रिझाउने कोसिस गरयो ।

भाजपाले मन्दिरको लहरको फाइदा उठायो । मन्दिरको निर्माण सुरु गर्न विश्व हिन्दु परिषद्ले सन् १९९० को अक्टोबर ३० को मिति तय गरयो । त्यतिबेला भाजपाका अध्यक्ष लालकृष्ण आडवाणीले सोमनाथदेखि अयोध्यासम्म पदयात्राको नेतृत्व गरेर समर्थन जुटाए । तर संरचना भत्काउनु एक साताअघि बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसादले उनको यात्रालाई समस्तीपुरमा रोकिदिए । उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री मुलायम सिंह यादव पनि कार सेवकहरूलाई रोक्न अडिग थिए । एउटा चरा पनि मर्दैन भन्दै उनले दाबी गरेका थिए । तर अक्टोबर ३० र नोभेम्बर २ मा उत्तर प्रदेश पुलिस फायरिङमा १७ कार सेवक मारिएको खबर आयो । यो घटनाले पछि सन् १९९१ मा उत्तर प्रदेशमा भाजपा नेतृत्वमा पहिलो सरकार बनाउन सहयोग गरयो । मुख्यमन्त्री कल्याण सिंहको नेतृत्वमा भाजपाले विवादास्पद स्थान वरपर मन्दिर बनाउन २.७७ एकड जमिन अधिग्रहण गरयो । यसपछि रामजन्मभूमि ट्रस्टलाई ४२ एकड जग्गा पनि दिइयो ।

१९९२ को कालो दिन
सन् १९९२ को डिसेम्बर ६ मा कार सेवा पुनः सुरु गरिने तय गरियो । कल्याण सिंह सरकारले सर्वोच्च अदालतमा एक याचिका दायर ग¥यो जसमा विवादित जग्गामा स्थायी निर्माण नहुने भनिएको थियो । तर त्यस दिन १ लाख ५० हजार कार सेवकहरूले बाबरी मस्जिद भत्काइदिए । देशभर साम्प्रदायिक दङ्गा फैलियो । यस क्रममा २ हजारभन्दा धेरैको ज्यान गयो ।

केन्द्र सरकारले प्रदेश सरकारलाई बर्खास्त गर्ने र उत्तर प्रदेशमा राष्ट्रपति शासन लागु गर्नुअघि कल्याण सिंहले राजीनामा दिए । त्यसपछि भाजपाले केन्द्र सरकारमा आफ्नो जनादेश नहुँदासम्म २ दशकभन्दा बढी समयसम्म मन्दिरको मुद्दालाई जीवित राख्यो । सन् २०१९ मा सर्वोच्च अदालतले अनुकूल फैसला सुनाउँदासम्म नरेन्द्र मोदी ठुलो जनादेशको साथ दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री थिए । योगीको गोरखपुर पीठ तीन पुस्ता यता मन्दिर आन्दोलनसँग आबद्ध थियो ।

नबभारत टाइम्सबाट

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर