Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

प्रतिक्षा खबर
२०८२ फाल्गुन १५, शुक्रबार १३:२७

१५ फागुन । काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ ।

बीबीसी उर्दुका अनुसार सोशल मिडिया प्लेटफर्म एक्समा जारी बयानमा उनले अफगान तालिवानमाथि ‘अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू एकत्रित गरेको आरोप लगाएका छन् ।

काबुलमा अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको पाकिस्तानी रक्षामन्त्री आसिफको आरोप छ ।

अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गरेका छन् । उनले आक्रमणबाट कुनै हताहती भने नभएको बताएका छन् ।

पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिवानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाएका छन् ।

बीबीसी उर्दुका अनुसार पाकिस्तानी सरकारले अहिलेसम्म सैन्य अभियानका क्रममा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सय घाइते भएका दाबी गरेको छ ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले एक्समार्फत् अफगानिस्तानका काबुल, पक्तिका र कन्धारमा रहेका अफगान तालिवानका रक्षा स्थललाई निशाना बनाइएको बताएका छन् ।

उनले पाकिस्तानको अभियानमा अफगान तालिवानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको पनि दाबी गरेका छन् ।

यद्यपि, बीबीसी हिन्दीले दाबीको स्वतन्त्र रूपले पुष्टि गर्न नसकिएको बताएको छ । पाकिस्तानी सूचनामन्त्री अताउल्लाहले पाकिस्तानका तर्फबट अफगान तालिवानविरूको अभियान अहिले पनि जारी रहेको उल्लेख गरेका छन् ।

अबेर रातिदेखि विष्फोटको आवाज

समाचार एजेन्सी एएफपीका अनुसार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूलो विष्फोटको आवाज आएको छ । समाचार एजेन्सीका अनुसार राति करिब १.५० बजे पूरै शहरमा लडाकु विमानहरूको आवाजका साथै विष्फोटको आवाज सुनिएको थियो । यस्तै सेन्ट्रल काबुलमा बिहान करिब २.३० बजेसम्म गोली चलेको आवाज सुनिएको छ ।

काबुल र कन्धारमा भएको आक्रमण पाकिस्तान र अफगानिस्तानबीच विगत केही समयदेखि चल्दै आएको झडपको ऋंखलामा सबैभन्दा नयाँ हो । दुवै देश अक्टोबर २०२५ मा युद्धविरामका लागि सहमत भएका थिए ।

पछिल्लो साता पाकिस्तानले अफगानिस्तानमा रातभर हवाई आक्रमण गरेको थियो । तालिवानले उक्त आक्रमणमा परी महिला र बालबालिका गरी १८ जनाको मृत्यु भएको थियो ।

एकअर्कामाथि आरोप

पाकिस्तानी र अफगान सेना एक–अर्कामाथि पहिले आक्रमण सुरू गरेको आरोप लगाउँदै आएका छन् । दुवै देशका सेनाहरू एक–अर्कालाई ठूलो क्षति पुर्‍याइएको पनि दाबी गर्दै आएका छन् ।

पाकिस्तानी अधिकारीहरूले शुक्रबार पनि अफगान आक्रमणको जवाफामा काबुल र कन्धारसमेतका शहरहरूमा ‘काउन्टर स्ट्राइक’ गरिएको दाबी गरेका छन् । अफगान तालिवानले यो साताको सुरूवातमा भएको आक्रमणको जवाफमा व्यापक रूपमा अपरेशन गरिएको बताएको छ । उसले अपरेशनका क्रममा कमतिमा पनि १८ जना मारिएका पनि दाबी गरेको छ ।

तालिवानका सैन्य प्रवक्ता वहिदुल्लाह मोहम्मदीले भने, ‘जवाफी अपरेशन बिहीबारे स्थानीय समयअनुसार राति करिब ८ बजेबाट सुरू गरिएको थियो ।’

मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले जवाफी कारबाहीमा पाकिस्तानी सैनिक मारिएका र अन्य कयौंलाई पक्राउ गरिएको दाबी गरेका छन् । तर, पाकिस्तानी अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

ताजा संघर्षको सुरूवात

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले काबुल, कन्धार र पक्तिकामा भएको पाकिस्तानी आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा एक पोस्ट गर्दै लेखेका छन्, ‘अफगानिस्तानका नागरिक एकताका साथ आफ्नो धर्तीको रक्षा गर्ने छन् र साहसका साथ आक्रामकतालाई जवाफ दिनेछन् ।’

पाकिस्तान र अफगान तालिवानबीच संघर्षको सुरूवात गत वर्ष ७–८ अक्टोबरको रातिबाट भएको थियो । त्यो बेला पाकिस्तानी सेनाले ओरकजईमा गुप्तचरको जानकारीका आधारमा कारबाही गरिएको प्रतिक्रिया दिएको थियो ।

८ अक्टोबरमै पाकिस्तानी रक्षामन्त्री आसिफले संसदमा भनेका थिए, ‘सरकार र सेनाको धैर्य समाप्त भइसकेको छ । चरमपन्थीहरूलाई शरण दिनेले अब नतिजा भोग्नु पर्नेछ ।’

पाकिस्तान लामो समयदेखि अफगानिस्तानको तालिवान सरकारसँग प्रतिबन्धित तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) विरूद्ध कारबाहीको माग गर्दै आएको छ । पछिल्लो समय यो माग अझै तीब्र भएको छ ।

उक्त घटनापछि दुई पक्षबीच लगातार तनाव बढ्दै गएको छ । तनाव कम गर्न दुई देशबीच शान्ति वार्ता र सम्झौता पनि भएको छ । तर, संघर्ष समाप्त भएको छैन ।

– बीबीसी हिन्दीबाट

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर