Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

प्रतिक्षा खबर
२०८१ असार १, शनिबार १४:२९

१ असार, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ ।
अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो ।
भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।
आईसीसीको टी-२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।
हालसम्म टी-२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुँदा सोझै पुगेका छन् । त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अब इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्डमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।
आईसीसी टी-२० आई वरीयतामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, वेष्टइण्डिज तेस्रो, इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, न्युजिल्यान्ड छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान दशौं, आयरल्यान्ड ११ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । सुपर ८ मा पुग्न नसके पनि न्युजिल्यान्ड र पाकिस्तान वरीयताको आधारमा टी-२० विश्वकपमा पुग्ने लगभग पक्का छ ।
अमेरिका हालसम्म २०२६ को टी-२० विश्वकपमा सोझै छनोट हुने एक्लो एशोसिएट टोली हो । समूह ए मा ४ खेलमा ५ अंकका साथ सुपर ८ मा स्थान बनाउँदै २०२६ को विश्वकपमा पुगेको हो ।
समूह ए बाट भारत र अमेरिका सुपर-८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया पुगेको छ । इंग्ल्यान्ड र स्कटल्यान्ड त्यसको दौडमा छन् । इंग्ल्यान्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल आज राति इंग्ल्यान्डले नामिबियासँग खेल्छ । उता स्कटल्यान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले भोली अष्ट्रेलियासँग खेल्नेछ ।
स्कटल्यान्ड विजयी भएमा इंग्ल्यान्डलाई पछि पार्दै सुपर ८ खेल्नेछ । अष्ट्रेलिया विजयी हुँदा र अन्तिम खेलमा इंग्ल्यान्डले नामिबियालाई हराउँदा नेटरनरेटका साथ सुपर ८ मा पुग्ने देखिन्छ । यदि सुपर ८ मा पुग्न नसके इंग्ल्यान्ड वरीयताको आधारमा विश्वकप खेल्ने पक्का छ ।
समूह डी मा बंगलादेश ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आइतबार बंगलादेशले नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले सोमबार श्रीलंकासँग खेल्नेछ । यदि बंगलादेश सुपर ८ मा पुग्न नसके नेपालसँगै एसिया छनोट खेल्ने सम्भावना बढी रहन्छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर