Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

लिखतसम्बन्धी कसुरमा जसपा बाराका पूर्वअध्यक्ष पटेल पक्राउ

प्रतिक्षा खबर
२०७९ फाल्गुन ३०, मंगलवार २०:२७

३० फागुन, वीरगञ्ज । लिखत सम्बन्धी कसुरमा प्रहरीले जनता समाजवादी पार्टी बाराका पूर्व जिल्ला अध्यक्ष अजयकुमार पटेललाई पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका वडा नं. ५ निवासी ४५ वर्षीय पटेललाई मोही नभएको जग्गामा मोही छु भन्ने किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रिय अनुसन्धान ब्युरोको टोली सीआईबीमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी नायब उपरीक्षक बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । मोहि नभएको जग्गामा मोही छु भनी झुठो कागजात तयार गरी पटेल विरुद्ध सीआईबीमा उजुरी परेको उनको भनाइ छ ।
‘३० औं वर्षदेखि जग्गा कमाएको भनेका छन, कागजात केहि रहेनछ’, उनले भने, ‘जग्गा धनीले मोही हैन भनेर सीआईबीमा उजुरी दिएको रहेछ । सीआईबीको आग्रहमा अदालतबाट अनुमति लिएर अजय पटेललाई पक्राउ गरेका हौं ।
उनले करिब १० बिघा जग्गामा मोही छु भनी किर्ते गरेको आरोप लागेको प्रहरीले जनाएको छ । साविक बहुअरी गा. वि. स. वडा नं.६ कि.नं.४१ ज.बि.५–१९–१५ को जग्गा २०२२ सालदेखि नै जिल्ला काठमाडौं वडा नं. ५ बस्ने विजयमणि आचार्य दिक्षितको नाममा दर्ता रहेको देखिएको छ ।
उक्त जग्गा कित्ता काट भइ कायम भएको कि.नं.२५२ ज. वि. ५–६ १४ जग्गा मालपोत कार्यालय, बाराबाट २०७९ वैशाख २६ गते राजीनामा लिखत पास भइ शिरोम इन्भेष्टमेन्ट प्रा.लि., काठमाडौंको नाममा प्राप्त भएको देखिएको छ । मोही नभएको साविक जग्गामा प्रतिवादी अजयकुमार पटेलले बाबुको नामबाट किर्ते कागजात तयार गरी भूमिसुधार कार्यालयमा रहेको अभिलेखमा घुसाइ मोही देखाइ किर्ते गरेको आरोप लागेको हो ।
लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका उनलाई बारा जिल्ला अदालतबाट अनुमती लिइ खोजतलास गर्ने क्रममा सोमबार प्रहरीले पक्राउ गरेको थियो । लिखत सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर