Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनमत पार्टीमा भाँडभैलो : कोषाध्यक्षलाई कारबाही, उपाध्यक्षले गरे बैठक बहिष्कार

प्रतिक्षा खबर
२०८१ फाल्गुन २५, आईतवार १८:४०

रामगोपालपुर, जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो ।

आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष ई.दीपक साहले बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहलाई पनि कारबाही गरेपछि उनले केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् ।

यद्यपि उनले आफ्नो निजी काम परेकाले बैठकमा नगएको दाबी गरेका छन् । ‘बैठककै लागि महोत्तरी गएको थिएँ तर मेरो विशेष कार्यक्रम भएका कारण म त्यसमा सहभागी हुन पाइन ।’

तर पार्टीकै एक केन्द्रीय सदस्यका अनुसार दीपकलाई पार्टी अध्यक्षले स्पष्टीकरण सोधेको र अनुशासन समितिको संयोजकबाट हटाइएका कारण उनी असन्तुष्ट थिए र त्यही असन्तुष्टिका कारण बैठक बहिष्कार गरेका हुन् ।

अध्यक्ष राउतलाई सुरुदेखि साथ दिएका नेतालाई कुनै न कुनै रुपमा कारबाही गरेर पार्टीबाट अलग राखेको गुनासो पनि उपाध्यक्ष साहले पार्टीमा राख्दै आएको स्रोतले जनाएको छ । ‘जसले दिनरात खटेर पार्टी बनाए, आज तिनै व्यक्तिहरूको यो पार्टीमा कुनै अस्तित्व छैन ।

एक एक गरी सबैलाई कारबाही भइरहेको छ, जसलाई कारबाही गरिएको छैन । उनीहरूलाई निगरानीमा राखिएको छ’ ती केन्द्रीय सदस्यले भने ।  पुराना नेता तथा कार्यकर्ताहरूलाई बिस्तारै किनारा लगाउँदै नयाँ अनुहारलाई पार्टीमा भित्र्याउँदै गरेको आरोप अध्यक्ष राउतमाथि लागेको छ ।

कतिपयले त अध्यक्ष राउतले पुराना नेताहरूलाई हटाएर पार्टीमा आफ्ना दाजु जयकान्त राउतलाई स्थापित गर्न चाहेको आरोप समेत लगाएका छन् ।  दाइलाई स्वतः माथिल्लो पोस्टमा लगेर नेता बनाउने दाउमा अध्यक्ष राउत रहेको आरोप समेत लागेको छ ।

शनिवार पार्टीका कोषाध्यक्ष सूर्यनारायण यादवलाई पनि सात दिनको स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बन गरिएको छ । कोषाध्यक्ष यादवले अध्यक्ष राउतसँग हिसाब किताब मागेका कारण आफू कारबाहीमा परेको गुनासो गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धन बनेपछि पार्टीमा विदेशबाट करोडौँ रुपैयाँ आएका तर त्यो रकम केमा खर्च भयो त्यसको हिसाब किताब अध्यक्ष राउतले नदिएको गुनासो नेताहरूको छ ।    यसअघि उपाध्यक्ष अब्दुल खानलाई पनि पार्टीमा स्पष्टीकरण सोधिएको थियो । त्यो स्पष्टीकरण बाहिर सार्वजनिक गरिएको थिएन । अध्यक्ष राउतप्रति उपाध्यक्ष खान अहिले पनि असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष वसन्त कुशवाहा पनि अध्यक्ष राउतप्रति असन्तुष्ट छन् । केन्द्रीय सदस्य ई.शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि सचिव बिपी साहलाई पनि पार्टीबाट निलम्बन गरिएको थियो । उनको कारबाही केही दिन पहिले मात्र फुकुवा भएको छ । अध्यक्ष राउतले सचिवद्वय अनिता साह र भुपेन्द्र यादवलाई पनि स्पष्टीकरण सोधेका थिए ।

यसअघि कैलाश महतो, जासर यादव, डा.रवीन्द्र यादव जस्ता नेताहरूलाई समेत राउतले पार्टीबाट निष्कासन गरिसकेका छन् । बाँकी रहेका नेताहरूलाई पनि अध्यक्ष राउतले बाहिर निकाल्ने प्रपञ्च रचिसकेको नेताहरूको गुनासो छ ।

महोत्तरीको बर्दिबासमा आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा सङ्गठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन,  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सङ्घीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरण लगायतको एजेन्डामा छलफल हुने जनमत पार्टीका प्रवक्ता डा.शरद यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर