Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

प्रतिक्षा खबर
२०८२ फाल्गुन १६, शनिबार १५:३७

काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।

यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।

इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।

इरानले पनि प्रतिरक्षात्मक आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्

स्थानीय समय अनुसार शनिबार बिहानै तेहरानको आकाशमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिए। इरानको सरकारी समाचार एजेन्सी ‘फार्स’ का अनुसार, तेहरानको जम्हुरी क्षेत्र र युनिभेर्सिटी स्ट्रीटहरूमा धेरै क्षेप्यास्त्रहरू खसेका छन्।

यो क्षेत्र इरानको राजनीतिक शक्तिको केन्द्र मानिन्छ, जहाँ सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय समेत रहेको छ।

विस्फोटको तीव्रता यति भयानक थियो कि तेहरानका उत्तरी र मध्य भागका घरहरू हल्लिएका थिए। सहरका धेरै भागहरूमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।

तेहरानको मेहराबाद विमानस्थल नजिकै पनि आक्रमण भएको खबर छ, जसका कारण इरानले आफ्नो सम्पूर्ण हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ।

आक्रमण सुरु भएलगत्तै इजरायली रक्षामन्त्री इजरायल काट्जले तेल अभिभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै यो कदम इजरायलको सुरक्षाका लागि अनिवार्य रहेको बताए। उनले भने, “इजरायलले इरानबाट आउन सक्ने तत्कालिन र अस्तित्ववादी खतरालाई निर्मूल पार्न यो ‘प्रि-एम्प्टिभ’ प्रहार गरेको हो। हामी हाम्रा नागरिकको रक्षाका लागि कुनै पनि हदसम्म जान तयार छौँ ।”

यससँगै इजरायलभरि ‘राष्ट्रिय संकटकाल’ घोषणा गरिएको छ। नागरिकहरूलाई सुरक्षित बंकरमा रहन र विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द गर्न निर्देशन दिइएको छ।

इजरायली सेनाले सम्भावित इरानी जवाफी हमलाको सामना गर्न आफ्नो ‘आइरन डोम’ र नयाँ ‘आइरन बिम’ (लेजर आधारित सुरक्षा प्रणाली) लाई उच्च सतर्कतामा राखेको थियो ।

यस पटकको आक्रमणमा अमेरिकाको भूमिका केवल सहयोगीमा मात्र सीमित छैन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार, अमेरिकी वायुसेना र नौसेनाले यस अपरेसनमा सक्रिय सहभागिता जनाएका छन्।

शुक्रबार ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य आक्रमण गर्ने विषयमा हालसम्म कुनै “अन्तिम निर्णय” नभए पनि वार्ताको वर्तमान अवस्थाप्रति आफू खुसी नभएको अभिव्यक्ति दिएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानलाई आफ्नो आणविक हतियार निर्माण प्रक्रिया रोक्न दिएको अन्तिम चेतावनीको समयसीमा सकिएलगत्तै यो आक्रमण सुरु भएको हो।

अमेरिकी नौसेनाका दुई ठूला विमानवाहक जहाजहरू, यूएसएस जेराल्ड आर फोर्ड र यूएसएस अब्राहम लिंकन, पर्सियन खाडी नजिकै तैनाथ गरिएका छन्।

ती जहाजहरूबाट उडेका एफ-३५ र एफ-२२ जस्ता अत्याधुनिक लडाकु विमानहरूले इरानका सैन्य पूर्वाधारहरूमा बमबारी गरेका छन्। अमेरिकी अधिकारीहरूले यसलाई “सानो स्तरको हमला” नभएर इरानको सैन्य ढाँचालाई नै कमजोर बनाउने बृहत् योजना भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियो पोस्ट गर्दै इरानमा भएको आक्रमणमा अमेरिका संलग्न रहेको कुरा पुष्टि गरेका  छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक सपना र क्षेप्यास्त्र उद्योगलाई पूर्ण रूपमा धुलोमा मिलाइदिने कडा चेतावनी दिएका छन्।

उनले इरानी क्रान्तिकारी गार्डलाई हतियार बिसाउन वा निश्चित मृत्यु रोज्न भन्दै यो आक्रमण अमेरिकी सुरक्षाका लागि चालिएको अनिवार्य कदम भएको स्पष्ट पारे ।

इरानी जनताको स्वतन्त्रताको घडी नजिकिएको उल्लेख गर्दै ट्रम्पले अब इरानले कहिल्यै आणविक हतियार पाउन नसक्ने कुरा  व्यक्त गरेका छन्।

प्राप्त जानकारी अनुसार, इजरायल र अमेरिकाले इरानका रणनीतिक स्थानहरूलाई मुख्य निशाना बनाएका छन्

तेहरानका राष्ट्रपति भवन परिसर र गुप्तचर मन्त्रालयहरू यस आक्रमणका प्राथमिक निशाना केन्द्र भएका छन् ।

पर्चिन सैन्य कम्प्लेक्स जहाँ इरानले आफ्नो क्षेप्यास्त्र र विस्फोटक पदार्थको परीक्षण गर्ने गर्दछ, ती क्षेत्रहरूमा इजरायलले आक्रमण तीव्र बनाएको छ ।

त्यसैगरी इरानी आणविक ऊर्जा एजेन्सीका केही प्रशासनिक भवनहरू पनि आजको आक्रमणबाट विध्वंसित भएका छन् ।

इसफाहान, कोम, करज र केर्मानशाह जस्ता प्रमुख सहरहरूमा पनि विस्फोटका खबरहरू आएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर