Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

अफगानिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु

प्रतिक्षा खबर
२०८१ माघ २९, मंगलवार २०:२४

२९ माघ, कुन्दुज । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई लक्षित गरी आत्मघाती आक्रमण भएको अफगान प्रहरीले जनाएको छ । मारिनेमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्य छन् ।

हमलामा घरेलु विस्फोटक उपकरण प्रयोग भएको कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले बताए । उनका अनुसार विस्फोटक पदार्थ बोकेका व्यक्तिले भीडमा पुगेर आफैंलाई विस्फोट गराएका थिए ।

कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ,’ खाक्सरले भने ।

गत वर्षको मार्चमा इस्लामिक स्टेट (आइएस) को क्षेत्रीय शाखाले गराएको आक्रमणपछि यो दोस्रो घटना भएको बताइएको छ । मंगलबारको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

सन् २०२१ मा अमेरिका समर्थित सरकारलाई हटाएर तालिबानले शासन सत्ता चलाएपछि अफगानिस्तानमा बम विस्फोट र आत्मघाती आक्रमणका घटना छिटपुट भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर