Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नेपालले हारेपछि युवाहरूले सन्दिप चाहियाे भन्दै लगाए नारा

प्रतिक्षा खबर
२०८० फाल्गुन २२, मंगलवार २०:१७

त्रिकोणात्मक टी२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो ।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक इनिङ खेले । एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का बनाएका थिए । उनले १८ औं ओभरमा लगातार २ छक्का र २ चौका प्रहार गर्दै खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।
कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । यस्तै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे । करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए ।
नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको थिएन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर