Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव

प्रतिक्षा खबर
२०७९ आश्विन १७, सोमबार २१:३९

काठमाडाैं | असोज
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ६ सिट दिए तालमेल गरेर जान सकिने प्रस्ताव गरेका छन् ।
यसअघि लोसपाले मधेश प्रदेशका ८ जिल्लाबाट प्रतिनिधि सभाका रहेको ३२ सिटमध्ये आधामा दाबी गरेको थियो । एमालेले त्यसमा फाइदा नदेखेपछि तालमेल धरापमा परेको थियो ।
एमाले र लोसपाबीचको चुनावी तालमेलको कुरा अगाडि बढ्न नसकेको बेला ठाकुर बालकोट पुगेका हुन्
एमालेले लोसपासँग चुनावी तालमेल गर्दा कुनै फाइदा नहुने देखेपछि संवाद अन्त्य गरेको थियो । मधेशमा एमाले र लोसपाको मत समेत जोड्दा पनि गठबन्धन भन्दा पछि नै हुने देखिएपछि एमालेले लोसपासँग तालमेलमा अनिच्छा देखाएको छ ।
तर, सोमवार भएको भेटमा प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ६ सिट र प्रदेश सभामा १० सिटमा तालमेल गर्ने प्रस्ताव ठाकुरले गरेको एमाले उच्च स्रोतले बताएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, एकवाल मियाँ र लक्ष्मणलाल कर्णका लागि प्रतिनिधि सभाका सिट दिए तालमेल हुने लोसपाको प्रस्ताव रहेको एमाले स्रोतले बतायो ।
मधेश प्रदेशमा लोसपाको १० सिट रहेको र सोही सिट आगामी निर्वाचनको लागि पनि दिए मान्य हुने ठाकुरले एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेका छन् ।
एमलो र जनता समाजवादी पार्टी (जसपा)को तालमेलको छलफल अघि बढेपछि लोसपाका नेताहरू झस्किएका थिए ।
लोसपासँगभन्दा जसपासँग नै तालमेल गर्दा चुनावी फाइदा हुने भएपछि एमालेले लोसपालाई प्राथमिकतामा राखेको छैन ।
लोसपाका नेताहरू भने एमालेले जसपालाई लिएर चुनावी तालमेल नगर्ने दाबी गर्छन् ।
ठाकुर र ओली बीचको सोमबारको संवाद पनि निष्कर्षमा पुग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर