Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ

प्रतिक्षा खबर
२०८१ भाद्र १, शनिबार १२:१९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको बताए । उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने रहेको बताए । पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्ने समेत उनको भनाई छ । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताए ।

उनले भने, ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ । अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ । हामीले भन्नु पनि पर्दैन । भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ । इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो कार्यभार पूरा गर्नुपर्ने आजको आवश्यकता छ । हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने हो । हाम्रो पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुने हो । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जाने हो ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकतावद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर