Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सीके राउतसँग सम्बन्ध विच्छेद अस्वीकार गर्दै सोनीले मानसिक स्वास्थ्य जाँचको माग गरिन्

प्रतिक्षा खबर
२०८१ आश्विन १७, बिहीबार २०:२२

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी श्रीमती सोनी सिन्धु रानीले सम्बन्ध विच्छेदको मुद्दा खारेजीको माग गर्दै अध्यक्षको राउतको स्वास्थ्य जाँचका लागि माग गरेकी छन् ।

ललितपुर जिल्ला अदालतमा प्रतिउत्तरमार्फत सोनीले सो माग गरेकी हुन् । अध्यक्ष राउतले भदौ १२ गते सोनीविरुद्ध अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए । सोनीले त्यसको प्रतिउत्तर बुधबार दिएकी हुन् ।

सोनीले विपक्षीले सम्बन्ध विच्छेदको माग गरे पनि आफ्नो मञ्जुरी नरहेकाले बदरको माग गरेकी छन् । पतिले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी व्यवस्था मुलुकी देवानी संहितामा उल्लेखित आधार विपरीत कुनै पनि कार्य आफूले नगरेको दाबी उनले प्रतिउत्तरमा गरेकी छन् ।

पति सीके राउतले सम्पूर्ण सम्पत्ति आफ्नो तथा निजको परिवारको अन्य सदस्यको नाममा राखेको दाबी गर्दै सोनीले के–कति सम्पत्ति छ भन्ने कुरा आफूलाई केही थाहा नभएको दाबी गरेकी छन् । आफूले सम्बन्ध विच्छेद मागेको बेला नदिने, घरमा काम गर्नका लागि ल्याएको भन्ने, अहिले आएर किन सम्बन्ध विच्छेद माग गरेको भनेर आफूले बुझ्न नसकेको उनले उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘विपक्षीले मलाई एउटा कामदारको रूपमा भन्दा पनि तल्लो दर्जामा राख्नु भएको र मलाई व्यवहारका कुराहरू सबै लुकाइ मसँग सम्बन्ध विच्छेद गर्न चाहनु भएकाले सो सम्बन्ध विच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालत समक्ष जाहेर गर्न चाहन्छु ।’

सोनीले आफूलाई रोग अर्कै भए पनि पटना तथा मुम्बईमा लगेर डिप्रेसनको औषधि खुवाएको आरोप लगाएकी छन् । उनले प्रतिउत्तरमा भनेकी छन्, ‘मलाई पेट दुख्ने, टाउको दुख्ने लगायत अन्य स्वास्थ्यमा गडबड भएको अवस्थामा डिप्रेसनको औषधि खान भन्ने जस्ता अस्वाभाविक कार्यहरू गर्नु भएकाले र मलाई सधैँ दुःख दिनेमात्र नियत राखेकाले विपक्षीको नै मानसिक समस्या छ जस्तो लागेकाले निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालत समक्ष निवेदन गर्दछु ।’

अध्यक्ष सीके राउत मुद्दा दायर गर्नेबेलासम्म पत्नी सोनीसँगै एउटै घरमा बस्थे । तर अहिले दुवै जना छुट्टिएर बस्न थालेका छन् । स्रोतका अनुसार सोनी श्रीमानबाट अलग भएर काठमाडौँमै बस्न लागेकी छन् । सीके राउतले मुद्दा फैसला नहुन्जेलसम्मका लागि श्रीमती राउतलाई महिनाको ३० हजार रुपैयाँ दिने भएका छन् । छोराछोरीलाई पढाउने काम पनि अध्यक्ष राउतले नै गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर