Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

औरही नगरपालिकामा जनता समाजवादी पार्टीद्वारा मसाल जुलुस प्रदर्शन

प्रतिक्षा खबर
२०७७ कार्तिक २७, बिहीबार २३:०६

महोत्तरी- महोत्तरीको औरही नगरपालिकाको औरहीमा जनता समाजवादी पार्टी नेपालले मसाल जुलुस प्रदर्शन गरेको छ । बिहीबार साझ औरही नगरपालिका वडा नं. १ मा पर्ने औरही बजारमा पार्टीका नेता कार्यक्रताहरु मसाल जुलुस प्रदर्शन गरेका हुन ।

गत कात्तिक १० गते विजयादशमीको दिन राति ११ बजे केही व्यक्तिहरुद्वारा सामुहिक रुपमा मटिहानीका मेयर, जिल्ला समन्वय समितिका सदस्य र एवं वडा अध्यक्षहरु माथि संघातिक आक्रमणको प्रयार भएको र उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनद्वारा उल्टै हरि प्रसाद मण्डल लगायत जि.स.स. सदस्य, वडा अध्यक्ष, सदस्यहरु माथि झुठा मुदा दायर गरिएको घटनाको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको जनता समाजवादी पार्टीका नेता एवम् जुलुसका नेतृत्वकर्ता दरेश यादवले जनाएका छन् ।

प्रदर्शनकारीहरु भ्रष्ट सरकार मुर्दावाद, जनविरोधी सरकार मुर्दावाद, ओलि सरकार चाहिदैन, विभेदकारी सरकार मुर्दाबाद, झुठा मुदा फिर्ता गर लगायतका नारा लगाउदै मसाल जुलुस सहित औरही बजारको परिक्रमा गरि कोणसभा गरेर समपन्न भएको छ । जसपाका नेता राजनारायण यादवले यो पहिलो चरणको आन्दोलन रहेको र सरकार नसुध्रे चरणबद्ध आनदोलन गर्न बाध्य हुने बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाहीको माग समेत गरिएको छ । जुलुसमा जसपा नेपालका नगर संयोजक शंकर यादव, जसपा नेपालका कार्यकर्ताहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर