Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक

प्रतिक्षा खबर
२०८३ असार ९, मंगलवार २३:१८

गोपाल झा,महोत्तरी, असार गते

मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले स्थानीय सरकारका योजना तथा कार्यक्रमहरू जनताको आवश्यकता र अपेक्षासँग प्रत्यक्ष जोडिनुपर्ने बताएका छन् । उनले स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण तथा समाजिक बिकाशलाई बिशेष प्राथमिकताका साथ अघि बढाउन स्थानीय तहलाई आग्रह गरेका हुन् ।  महोत्तरीको एकडारा गाउँपालिकाको १६औँ गाउँसभाको उद्घाटन तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सभामुख यादवले गाउँपालिकाले ल्याएको बजेट उत्साहजनक र विकासमुखी रहेको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयन मार्फत जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सभामुख यादवले गाउँपालिकाभित्रका दलित समुदायका बालबालिकाहरूको शैक्षिक अवस्था सुधार गर्न दलित बस्तीमै निःशुल्क ट्युसन कक्षाको व्यवस्था गर्न सुझाव दिए । उनले आर्थिक अभावका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुन बाध्य बालबालिकालाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । त्यस्तै गाउँपालिका क्षेत्रभित्र पर्ने हुलाकी राजमार्ग तथा अन्य सार्वजनिक सडक किनारमा वृक्षारोपण अभियान सञ्चालन गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउनुपर्ने बताए ।

विद्यालयहरूलाई वातावरणमैत्री तथा बालमैत्री बनाउन आवश्यक संरचना निर्माण, सरसफाइ व्यवस्थापन तथा हरियाली प्रबर्धनका कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो । सभामुख यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार हुने भएकाले यी क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।            उनले महिला हिंसा, बालविवाह, दाइजो प्रथा तथा सामाजिक विभेदविरुद्ध सचेतनामूलक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले सामाजिक समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका हुन् ।

यसैबीच गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले आर्थिक वर्ष २०८३ – ०८४ का लागि कुल रु. ३७ करोड २ लाख ५७ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समावेश गरिएको छ ।

अध्यक्ष मण्डलका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. ९ करोड ९९ लाख, राजस्व बाँडफाँटतर्फ रु. ९ करोड ८ लाख ६६ हजार, सशर्त अनुदानतर्फ रु. १५ करोड १८ लाख, विशेष अनुदानतर्फ रु. १ करोड तथा समपूरक अनुदानतर्फ रु. ५५ लाख प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु. ६८ लाख २ हजार तथा सशर्त अनुदानतर्फ रु. ४५ लाख ८९ हजार प्राप्त हुने अनुमान गरिएको छ भने गाउँपालिकाको आन्तरिक आय रु. ८ लाख रहने प्रक्षेपण गरिएको छ।           बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मण्डलले गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए । उनले मानवीय क्षमता विकास, भौतिक पूर्वाधार निर्माण, उद्यमशीलता विकास, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, वातावरण संरक्षण, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट विनियोजन गरिएको जानकारी दिए थिए ।

अध्यक्ष मण्डलले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिईएको बताउँदै  कृषि उत्पादन वृद्धि तथा किसानको आयस्तर सुधारका लागि सबै वडाका खेतीयोग्य जमिनमा सिंचाइ सुविधा विस्तार गरिने बताएका हुन् । साथै व्यवसायिक खेती तथा कृषि उद्यमलाई प्रोत्साहन गर्न कृषि उपकरण र आधुनिक कृषि प्रविधिको प्रयोगलाई बढावा दिइने नीति लिइएको छ ।

त्यसैगरी शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार विकास, स्वास्थ्य संस्थाको सुदृढीकरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन, सडक तथा अन्य पूर्वाधार निर्माणलाई समेत बजेटमा प्राथमिकताका साथ समेटिएको छ ।गाउँपालिकाको स्थित बिभिन्न प्रशासकीय भवन निर्माणलाई पनि प्रमुख योजनाका रूपमा अघि सारिएको छ ।

गाउँसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अध्यक्ष मण्डलको वर्तमान कार्यकालको यो अन्तिम बजेट भएकाले प्रस्तुत योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बजेटमा समावेश भएका कार्यक्रमहरू समयमै सम्पन्न भए स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।           वक्ताहरूले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ल्याइएको बजेटको स्वागत गरेका थिए। साथै बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता तथा जनसहभागिता सुनिश्चित गर्न गाउँपालिका नेतृत्वलाई आग्रह गरेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मण्डलले बजेटमा समावेश गरिएका सम्पूर्ण योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले विकास निर्माणका काममा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण गाउँवासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैको साथ र सहकार्यबाट एकडारा गाउँपालिकालाई समृद्ध र विकासशील स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

स्थानीय सरकारको विकास यात्रा, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर ल्याइएको एकडारा गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेटले स्थानीयवासीमा विकासप्रति नयाँ आशा र अपेक्षा जगाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर