Advertisement
ताजा खबर

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रतिक्षा खबर
२०७८ श्रावण २५, सोमबार १७:३५

२५ साउन, काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले राजपा समाजवादी पार्टीको एकीकरण प्रक्रिया नै नमिलेकाले जसपा खारेज गर्नुपर्ने माग गर्दै रिट दिएका थिए ।
सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।
यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर