Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

जसपाका नेता विजयकुमारले त्यागे पार्टी

प्रतिक्षा खबर
२०८३ बैशाख २६, शनिबार ०८:४३

२६ वैशाख, सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपाल गोलबजार नगर समितिका अध्यक्ष विजयकुमार साहले पार्टी परित्याग गरेका छन् ।

साहले कार्यव्यस्तता र समय अभावका कारण पार्टीभित्र रहेर प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिन भएको महसुस गरेपछि गम्भीर आत्ममन्थन गर्दै राजीनामा दिने निर्णय गरेको जनाएका छन् । उनले आजकै मितिदेखि लागू हुने गरी नगर अध्यक्ष पद तथा पार्टीको साधारण सदस्यता समेत नरहने निर्णय गरिएको जानकारी दिएका छन् ।

जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै साहले दिएको राजीनामा पत्रमा आफू लामो समयदेखि पार्टी संगठन, जनसेवा तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएको उल्लेख गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी, विश्वास र अवसरप्रति सदैव आभारी रहने बताएका छन् ।

राजीनामा पत्रमा उनले जसपा नेपालले आफूलाई नगर अध्यक्षको जिम्मेवारी दिएर राजनीतिक रूपमा स्थापित गर्ने अवसर प्रदान गरेको भन्दै त्यसलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण अध्यायका रूपमा स्मरणीय रहने उल्लेख गरेका छन् । साथै पार्टीप्रति सम्मान, आस्था र आत्मीयता सधैं कायम रहने पनि बताएका छन् ।

राजीनामाको अन्त्यमा उनले पार्टीभित्र रहँदा साथ, सहयोग र आत्मीयता प्रदान गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति धन्यवाद व्यक्त गरेका छन् । साह उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर