Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

स्वास्थ्यकर्मीको वृत्ति विकासका लागि ऐन संशोधन

प्रतिक्षा खबर
२०८२ बैशाख ७, आईतवार २२:१७

जनकपरधाम, वैशाख ७ । लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आन्दोलनमा रहेका मधेश प्रदेश अन्तर्गत स्वास्थ्यकर्मी कर्मचारीको समस्या समाधानका लागि स्थानीय (सेवा गठन तथा सञ्चालन) ऐन २०८१ माथिको संशोधन प्रक्रिया सुरु भएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो प्रदेश अन्तर्गतका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको सरुवा, बढुवा लगायतका स्तरवृद्धि सम्वन्धी समस्या समाधानका लागि मधेश प्रदेश सरकारको स्थानीय सेवा गठन तथा संचालन ऐन–२०८१ को संशोधन प्रक्रिया औपचारिकरुपमा सुरुगरेको जनाएको छ ।

मधेश प्रदेशको मन्त्रिपरिषद्कोे कार्यालयवाट जारी सूचनामा उक्त स्थानीय ऐन २०८१ संशोधनका लागि पाँच सदस्यीय समिति गठन भएको जनाएको छ । संशोधन समिति प्रदेशका कानुन सचिवको संयोजकत्वमा गठन भएको हो । समितिले आन्दोलनरत सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर सो ऐन संशोधन प्रक्रिया सुरु गर्ने जारी सूचनामा उल्लेख छ ।

सो संशोधनको कार्यबाट आन्दोलनमा रहेका मधेश प्रदेशअन्तर्गत चौथो तथा पाँचौँ तहका करिब एक हजार आठ सय स्वास्थ्यकर्मी कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने छ । आन्दोलनरत स्वास्थ्यकर्मी कर्मचारीले पटकपटक आफ्नो सरुवा, बढुवा तथा स्तरवृद्धिलगायत वृत्ति विकासका लागि माग गरेपछि मधेश प्रदेश सरकारको ध्यानाकर्षण भएको कार्यालयका उपसचिव वासुदेव मल्लले बताए ।

मधेश प्रदेशका सिनियर अहेव तथा सिनियर अनमीहरुले आफ्नो वृत्ति विकासको माग गर्दै आएका आन्दोलनरत् स्वास्थ्यकर्मी सङ्र्घष समितिका कोषाध्यक्ष रुपेश साहले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर