Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

सुशासन र पारदर्शितामा जोडः माननीय उज्ज्वल कुमार झा को कडा चेतावनी

प्रतिक्षा खबर
२०८२ चैत्र २१, शनिबार १२:४८

गोपाल झा , महोत्तरी चैत २१ गते

महोत्तरी क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य माननीय उज्ज्वल कुमार झाले सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै सरकारी निकायलाई सचेत गराउँदै कडा निर्देशन दिनुभएको छ । उहाँले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरूबाट सेवा लिँदा नागरिकले छिटोछरितो, पारदर्शी र कानुनसम्मत सेवा पाउनुपर्नेमा जोड दिएका हुन् ।

माननीय झाले हालै जारी गर्नुभएको अनुरोधमा सार्वजनिक सेवा प्रवाहका क्रममा हुने ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार कुनै पनि कार्यालयबाट हुने पत्राचार तथा योजना सञ्चालनका कामहरू प्रचलित कानुनबमोजिम समयमै सम्पन्न हुनुपर्छ, तर कतिपय अवस्थामा सेवाग्राहीलाई दुःख दिने, अनावश्यक झन्झट सिर्जना गर्ने तथा आर्थिक लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो देखिएको छ ।

उहाँले विशेषगरी केही चिठ्ठीपत्रहरू सम्बन्धित कार्यालयसम्म नपुगी बीचमै खरिद–बिक्री हुने, काम गरिदिने नाममा कमिशन माग्ने वा लिने जस्ता गतिविधि भइरहेकोप्रति गम्भीर आपत्ति जनाउनुभएको छ । यस्ता कार्यमा संलग्न जो–कोही भए पनि, चाहे लिने पक्ष होस् वा दिने पक्ष, दुवैलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी उहाँले दिनुभएको छ ।

“भ्रष्टाचार हाम्रो समाजको दीर्घकालीन रोग हो, जसले विकास र सुशासनलाई कमजोर बनाउँछ,” भन्दै झाले यसलाई नियन्त्रण गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले सुशासनयुक्त सार्वजनिक प्रशासन निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी तथा आम नागरिक सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।

साथै, यस्ता अनियमितता वा भ्रष्टाचारजन्य गतिविधिबारे कसैलाई जानकारी भएमा तत्काल आफूलाई वा सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गर्दै उहाँले सूचना दिने व्यक्तिको गोपनीयता कायम गरिने विश्वास दिलाउनुभएको छ ।

माननीय झाले नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै सेवा लिँदा कुनै किसिमको अवैध लेनदेनमा संलग्न नहुन समेत अपिल गर्नुभएको छ । उहाँका अनुसार पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना भए मात्र जनताको विश्वास जित्न सकिन्छ र समृद्ध समाज निर्माण सम्भव हुन्छ ।

सुशासन कायम गर्न सबै तह र तप्काको एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले सार्वजनिक प्रशासन सुधारतर्फ सकारात्मक कदम चाल्न सबैलाई आह्वान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर