Advertisement
ताजा खबर
सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न

☰

सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव

प्रतिक्षा खबर
२०८३ आश्विन २६, सोमबार १८:३६

Oplus_16908288

नागेन्द्र कुमार यादव
साेनमा– पूर्व सांसद एवम समाजसेवी काैशल कुमार यादव सर्वाेचकाे आदेशकाे पर्खाइमा रहेकाे छ । सर्वोच्च अदालतबाट पूर्व सांसद अभिराम शर्मा ,पूर्व नगर प्रमुख रामशंकर मिश्र लगायतका नेताहरुलाइ साधारण तारिखमा राख्ने आदेश आएसँगै नेता काैशल कुमार यादवपनी अदालतकाे पर्खाइमा रहेकाे छ ।चुनाब नजिकिएसंगै महाेत्तरी क्षेत्र नं ४ का जनताहरुसमेत नेता काैशल कुमार यादवकाे चर्चासंगै उहाकाे अनुहार र समाजमा पहिलाकै जस्ताे सक्रियता देखन चाहेका छन ।उहाले समाजकाेलागि गरेकाे याेगदान बिर्सन न सकिने खालकाे रहेका छन । उहाँ न हुदा यस क्षेत्रका निमुखा र गरीब जनताहरु उहाकाे पर्खाइमा बसेका छन ।

Oplus_16908288

जनतासंग सक्रियरुपमा पूर्व सांसद काैशल कुमार यादवकाे उपस्थिति न भएपनी अप्रत्यक्षरुपमापनी जनताहरुलाइ सहयाेग गरिरेकाे यस क्षेत्रका जनताहरुले बताइरहेका छन ।पूर्व सांसद यादवसंग कुराहुदा उहालाइ झुठा मुदामा फसाइएकाे छ र उहाले एक दिन न्याय पाउने कुरामा ढुक रहेकाे विश्वास व्यक्त गरेका छन ।उहाले छिटै न्याय पाउने छन । न्याय पाउनेबितिकै फेरि जनतामाझ सक्रिय देखिने छन्। कानुनी प्रक्रियाको सामना गरिरहेका उनी अहिले आफ्नो क्षेत्रका गाउँबसतिमा पुगन सकेकाे छैन । जनतासँग भेटघाट, संवाद र जनसम्पर्क हुन सकेका छैन ।

Oplus_16908288

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ का विभिन्न गाउँघरमा पुग्दा पूर्व सांसद काैशल कुमार यादवकाे चर्चा भइरहेकाे हुन्छ । उहाकाे कमि महसुस भइरहेका छन ।उहाकाे पहिलाे प्राथमिकता थियाे जनताको कुरा सुन्ने, सुखदुःख बुझ्ने र स्थानीय समस्याबारे जानकारी लिने र यसलाइ समाधान गर्ने थियाे। आफ्नै घरआँगनमा नेता काैशल कुमार यादवसंग भेट्न न पाउँदा स्थानीय बासिन्दाले पनि गाउँका समस्या, विकासका आवश्यकता र आफ्ना अपेक्षा खुलेर कसैसंग राखिरहेका छैन्।
मधेसको अधिकार, पहिचान र सम्मानका लागि लामो समयदेखि उठ्दै आएका आवाज, राजनीतिक संघर्ष र त्यस क्रममा मधेसी जनताले भोग्नुपरेका पीडा पूर्व सांसद काैशल कुमार यादवकाे जनतासँग जोडिएका विषय बनेका छन् ।नेता यादवकाे जनतासँगको सम्बन्ध नै आफ्नो राजनीतिक शक्तिको आधार भएको बताइरहेका छन्। जनताको सुखदुःखमा साथ दिने, उनीहरूका समस्या सुन्ने र क्षेत्रको विकासका लागि निरन्तर पहल गर्ने उहाकाे प्रतिबद्धता रहेको थियाे ।

मधेसको पीडा बुझ्ने, जनताको आवाज उठाउने र विकासका अधुरा सपना पूरा गर्न उहाकाे मुख्य उदेश्य रहेकाे थियाे ।
मधेस आन्दोलनका क्रममा मधेसी जनताको हक, अधिकार र पहिचानका लागि उहाले आन्दोलनको नेतृत्व गरेका कारण झुठा मुद्दामा फसाइएको नेता यादवको दाबी छ।
यादवका अनुसार मधेसका जनताको अधिकारका लागि आवाज उठाउँदा म लगायत धेरै मधेशीहरुले विभिन्न कठिनाइ र पीडा भोग्नुपरेको थियो।
आन्दोलनका क्रममा जनताको अधिकारका लागि गरेको संघर्षकै कारण यादवले कानुनी झमेलामा पारिएको छ।
मधेसको अधिकार, सम्मान र पहिचानका लागि यादवकाे संघर्ष निरन्तर रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर