Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर

प्रतिक्षा खबर
२०८२ माघ २१, बुधबार १२:५५

 

पार्टी, संगठन र मतदातामाथि रहेको ठाकुरको पकडकै कारण यो क्षेत्रलाई ‘महन्थको गढ’ भनेर टिप्पणी गरिन्छ । तर, फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भने महन्थ आफै मैदानमा छैनन् । उनी भर्खरै राष्ट्रियसभा सदस्य निर्वाचित भएर माथिल्लो सदनतर्फ पाइला सारिसकेका छन् ।

ठाकुरले प्रतिनिधिसभा छाडे पनि यो क्षेत्रमा जसपाले उनकै छोरी डा. मिनाक्षी ठाकुरलाई मैदानमा उतारेको छ । मिनाक्षीलाई भने बुबालाई जस्तो सहज स्थिति भने देखिएको छैन ।

जसपाकै नेता पूर्वमन्त्री हरिनारायण यादवले मिनाक्षीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । अहिलेका बागी उम्मेदवार यादव २०७९ को निर्वाचनमा जसपाबाट यही क्षेत्रका उम्मेदवार थिए । त्यो बेला ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट उम्मेदवार भएर निर्वाचित हुँदा यादव निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यहीकारण मिनाक्षीका लागि यादवको बागी उम्मेदवारी निकै कठिन चुनौती मानिएको छ ।यसपटक लोसपाले महोत्तरी–३ बाट ठाकुरको नाम एकल सिफारिस गरेको थियो । तर, प्रतिनिधिसभा निर्वाचनको मनोनयनअघि नै उनलाई जसपा नेपालले राष्ट्रियसभामा व्यवस्थापन गरेपछि यादव आफूले टिकट पाउनेमा विश्वस्त थिए ।

तर, अन्तिम समयमा ठाकुरले आफ्नो राजनीतिक उत्तराधिकारीका रूपमा छोरी मिनाक्षीलाई सारेपछि यादवले विद्रोह गरेका हुन् । उनले पार्टीभित्र वर्षौँदेखि सक्रिय नेतालाई पन्छाउँदै योगदानको अवमूल्यन र वंशवादी प्रवृत्ति हाबी हुनेगरी टिकट दिएको भन्दै विद्रोह गरेको बताएका छन् । मिनाक्षीको उम्मेदवारीका कारण जसपाभित्र असन्तुष्टि पनि चर्को देखिएको छ । मधेश आन्दोलन र त्यसपछिको राजनीतिक संघर्षमा सहभागी नेताहरूले अपेक्षाविपरीत परिवारमै शक्ति सीमित गर्न खोजेको आरोप व्यापक बनेको छ ।

जसपाले बागी उम्मेदवारी दिएपछि यादवलाई पार्टीबाट निष्कासन गरिसकेको छ । निष्कासनको निर्णयले पार्टीभित्र झन् दरार ल्याएको जसपाकै नेताकार्यकर्ताहरू बताउँछन् । पार्टीले गल्तीको समीक्षा गर्नुपर्नेमा कारबाहीको डण्डा चलाउनु रहेको जसपाकै एक नेता बताउँछन् ।

यादवको विद्रोहले जसपाको परम्परागत मताधार विभाजित हुने सम्भावना बलियो बनाएको छ । यसले जसपाको सुरक्षित देखिएको आधारभूत मतसमेत कमजोर बन्नसक्ने राजनीतिक संकेत दिएको छ ।
उता मिनाक्षी विगतमा बुबा(ठाकुर)ले सुनिश्चित गरेका अधिकारलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउँछिन । ‘मेरो परिचय कसैको छोरीसम्म मात्रै सीमित छैन । म यहाँको जनताको हक, अधिकार र सम्मानको लागि आएकी छु । जनताकै बलमा यहाँ उभिएकी हुँ,’ ठाकुर भन्छिन्, ‘मधेशको संघर्ष सम्मानको लागि हो, सत्ताको लागि होइन ।’

अन्य दल उत्साहित

मधेशवादी दल जसपाभित्रको विवादबाट अन्य दल हौसिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवारहरू जसपाभित्रको विवादलाई अवसरका रूपमा लिएर सक्रिय देखिन थालेका छन् ।

यहाँ कांग्रेसले लगातार दुई चुनाव ठाकुरलाई नै सघाउँदै आएको थियो । यसपटक बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ । पार्टीमा रूपान्तरण गरेको नारासहित आएको कांग्रेस एकताबद्ध संगठनका आधारमा जितको दाबी गरिरहेको छ ।

यस्तै किसानका मुद्दा, बाढीका समस्या, सुक्खाको समस्या, चुरे संरक्षण, स्वास्थ्य, शिक्षामा सुधार, सुशासन र भ्रष्टाचार न्यूनीकरणका मुद्दा बोकेर कांग्रेस उम्मेदवार नेपाली भोट मागिरहेका छन् ।

एमालेले मनोज सिंहलाई उम्मेदवार बनाएको छ । सिंहलाई पनि बागी उम्मेदवार राम आधार कापरले चुनौती थपेका छन् । कापर संविधानसभा, प्रतिनिधिसभा र जलेश्वर नगरपालिकाको मेयरमा पटक–पटक निर्वाचन लडिसकेका नेता हुन् । क्षेत्रबाट एकल नाम सिफारिस हुँदा पनि टिकट नपाएको भन्दै कापरले विद्रोह गर्दै बागी उम्मेदवारी दिएका छन् ।

रास्वपाले उज्वल झालाई उम्मेदवार बनाएको छ । उनले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को क्रेजलाई चुनाव जित्ने आधारका रूपमा लिएका छन् । पुराना दलका विकृति र परिवारवादबाट असन्तुष्ट मतदातालाई आकर्षित गर्ने उनको प्रयास छ ।

यस्तै नेकपाले रामबहादुर साह सुडीलाई उम्मेदवार बनाएको छ । दर्जनौँ बामदल मिलेर बनेको नेकपाले अहिले मधेसमा नयाँ लहरको खोजी गरिरहेको छ ।

महोत्तरी–३ मा कुल ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी एक लाख १० हजार ४३६ मतदाता रहेको यस क्षेत्रमा ४१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर