Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपाले नहटाएसम्म लोसपा मधेस सरकारबाट नहट्ने

प्रतिक्षा खबर
२०८० चैत्र २८, बुधबार २१:२३

केन्द्रमा एक खालको समीकरण बनेर विभिन्न प्रदेशमा सोही अनुसार सरकार गठन प्रक्रिया अघि बढ्दा मधेसमा भने केही भिन्न परिदृश्य देखिएको छ ।
केन्द्रको सत्ता गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस सरकारमा भने सहभागी भएको छ । लोसपा नेपालले मधेस सरकार छाडेको छैन र मुख्यमन्त्री सरोजकुमार यादवले पनि लोसपालाई सरकारबाट हटाएका छैनन्
कांग्रेस–माओवादीको गठबन्धन भङ्ग भएर एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनेसँगै कांग्रेस भने मधेस सरकारबाट बाहिरिइसकेको छ । त्यसअघि जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको थियो ।
लोसपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेश सभा सदस्य जितेन्द्र सोनलले भने, ‘हालसम्म वर्तमान सरकारलाई हाम्रो समर्थन कायम छ तर सरकारको पर्फमेन्स राम्रो नदेखिएको कारण यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी छ ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले वैशाख ३ गते विश्वासको मत लिँदैछन् । लोसपाले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिसकेको छैन । यद्यपि नयाँ गठबन्धन बन्ने बित्तिकै मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर समर्थन मागेका थिए । अध्यक्ष ठाकुरले अर्को निर्णय नभएसम्म समर्थन कायम रहने जवाफ दिएर मुख्यमन्त्री यादवलाई फर्काएका थिए ।
उपाध्यक्ष सोनलले हाल लोसपाले मधेस सरकारलाई पुरानै समर्थनको निरन्तरताका रुपमा लिएको बताए । उनले भने, ‘जसपाले लोसपालाई सरकारबाट हटाएको छैन, नयाँ गठबन्धन अनुसार विश्वासको मत पनि नलिएका कारण अहिलेसम्म हामीले पुरानै समर्थनलाई निरन्तरता दिएका हौँ ।
मधेस सरकारले राम्रो काम गर्न नसकेको जिकिर गर्दैै उनले अब भने सरकारलाई समर्थन दिने कि नदिने भन्नेबारे सोच्न बाध्य बनाएको प्रस्ट पारे ।
सोही पार्टीका महासचिव मनिष मिश्रले जसपाले लोसपालाई अहिलेसम्म नहटाएको र हट्न पनि नभनेका कारण लोसपाले समर्थन कायम राखेको बताए । वैशाख ३ गते विश्वासको मत दिने कि नदिने भन्नेबारे पार्टीले छिट्टै निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकार नयाँ गठबन्धनको सरकार होइन, पुरानै गठबन्धनको सरकार हो । त्यही सरकारमा एमाले र नेकपा एकीकृत समाजवादीलाई ल्याएको हो । नयाँ गठबन्धन अनुसार सरकार बनेपछि मात्र हामीले त्यो सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय गर्छौं ।
मुख्यमन्त्री यादवले वैशाख ३ गते विश्वासको मत लिएपछि मात्र नयाँ गठबन्धनको सरकार भनेर बुझिने उनको भनाइ छ । त्यसअघि पुरानै गठबन्धनको सरकार भएका कारण लोसपाले समर्थन कायम राखेको उनको तर्क छ । लोसपाबाट मधेस सरकारमा रमेश प्रसाद कुर्मी वन तथा वतावरण मन्त्री छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर