Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

अत्यधीक चिसो र बाक्लो हुस्सुले महोत्तरी सहीत मधेश प्रदेशको जनजीवन प्रभावित, दैनिक कामकाजदेखि यातायातसम्म असर

प्रतिक्षा खबर
२०८२ पुष २१, सोमबार ११:२२

गोपाल झा +

महोत्तरी , पुष २१ ग्ते 

महोत्तरी जिल्ला सहीत मधेश प्रदेशमा पछिल्ला केही हप्ता देखि बढेको अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण जनजीवन निकै अस्तव्यस्त बनेको छ । निरन्तरको चिसो मौसम र बिहान–साँझ बाक्लो हुस्सु लाग्न थालेपछि यहाँका दैनिकी प्रभावित भएको छ ।

चिसोका कारण दैनिक कामकाज, कृषि गतिविधि, यातायात तथा बजार सञ्चालनमा प्रत्यक्ष असर परेको स्थानीयवासीहरूले बताएका छन् । विशेषगरी बिहान र साँझको समयमा बाक्लो हुस्सु लाग्दा सवारी साधन सञ्चालन जोखिमपूर्ण बनेको छ । मुख्य सडकदेखि ग्रामीण बाटोमा समेत दृश्यता अत्यन्त कम हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय चालकहरूको भनाइ छ ।

कृषि क्षेत्रमा समेत चिसोको असर देखिन थालेको छ । तरकारी, आलु, तोरीलगायतका बालीमा हुस्सु र चिसोले नकारात्मक प्रभाव पार्न थालेको किसानहरू बताउँछन् । खेतमा काम गर्न कठिनाइ भएपछि कृषि मजदुरीमा निर्भर किसान तथा मजदुरहरूको आयमा कमी आएको छ ।

यसैगरी मजदुरीमा निर्भर परिवारहरू चिसोका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बिहान सबेरै काममा निस्कन नसक्दा तथा कामका अवसर घट्दा उनीहरूको दैनिकी झन् कठिन बनेको छ । “चिसोले काम गर्न सकिँदैन, काम नहुँदा परिवार पाल्न समस्या भएको छ,” एक स्थानीय मजदुरले बताए ।

विशेषगरी बालबालिका, ज्येष्ठ , नागरिक पशु चौपाया ,तथा दीर्घरोगीहरू चिसोबाट बढी जोखिममा परेका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न थालेको स्थानीय स्वास्थ्यकर्मीहरूले जनाएका छन् । पर्याप्त न्यानो कपडा र आगो ताप्ने व्यवस्था नहुँदा गरीब तथा विपन्न परिवारहरू थप समस्यामा परेका छन् ।

स्थानीयवासीहरूले चिसोबाट बच्न न्यानो कपडा वितरण, दाउरा तथा आगो ताप्ने व्यवस्था, आवश्यक स्वास्थ्य सेवा तथा आकस्मिक राहतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । चिसोको प्रकोप अझै केही दिन रहने मौसमविद्हरूको अनुमान रहेकाले स्थानीय सरकार तथा सरोकारवाला निकायले समयमै आवश्यक पहल गर्नुपर्ने स्थानीयहरूको आग्रह छ ।     अत्यधिक चिसो र हुस्सुका कारण सिर्जित यो अवस्थाले महोत्तरी सहीत मधेश प्रदेशको  जनजीवनमा गम्भीर असर पारिरहेको भन्दै तत्काल राहत तथा संरक्षणका कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।

यता हाल (सोमबार बिहान) तराईका धेरै स्थानमा हुस्सु–कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो तथा राति पनि हुस्सु–कुहिरो लाग्ने क्रम जारी रहने तथा उच्च भूभागमा हिमपात र वर्षाको समेत सम्भवना देखिएकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसम महाशाखाले सुझाव दिएको छ ।

मौसम महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात सम्भावना साथै तराई भूभागमा हुस्सुरकुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर