Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भारत–पाकिस्तान तनाव : आमाबाट बिछोडिंदै बच्चा 

प्रतिक्षा खबर
२०८२ बैशाख १४, आईतवार ०९:४८

१४ वैशाख, काठमाडौं । भारत–पाकिस्तान बीचको तनावले कतिपय परिवारलाई आँसु र बिछोडको मैदानमा होमिदिएको छ । दुवै देशका सरकारहरूले सीमा नाकाहरू बन्द गरेका छन् । तर मनका सीमाहरू चर्काउँदै घाउ अझ गहिर्याइदिएका छन् । भिसा रद्द हुने र नागरिकहरूलाई देश छोड्नुपर्ने निर्णयहरूले परिवारहरूलाई टुक्रा–टुक्रा पार्दै लगेका छन् । र, आशाहरू आकासमा धुँवाझैं बिलाउँदै गइरहेका छन् ।

गत दुई दिनदेखि ३९ वर्षीय भारतीय व्यापारी ऋषि कुमार जसरानी अटारी–बाघा बोर्डर छेउँमा टोलाइरहेका छन् । सुटकेस घिसार्दै, आँसुले भिजेका अनुहारहरूबीच उनको हृदय एक मात्र प्रश्नमा अड्किएको छ– के मेरी पत्नी र बच्चाहरू सुरक्षित फिर्ता आउन पाउलान् ?

जसरानी भन्छन्, ‘बच्चाहरूलाई त फर्कन दिने रे, किनभने उनीहरूका हातमा भारतीय पासपोर्ट छ । तर मेरी पत्नीलाई भने रोक्नेछन् ।

यति भनिरहँदा उनको गला अवरुद्ध हुन्छ । उनी भन्छन्, ‘कसरी एक आमा र बच्चालाई एकअर्काबाट टाढा पार्न सकिन्छ ?

उनकी पत्नी सविता कुमारी पाकिस्तानी हिन्दू हुन् । भारतको दीर्घकालीन भिसा बोकेकी उनीसँग पाकिस्तानी पासपोर्ट छ । उनी केही समयका लागि आफ्ना आफन्त भेट्न पाकिस्तान गएकी थिइन् । जसरानी भन्छन्, ‘मेरी पत्नीको अवस्था के हुन्छ भनेर अधिकारीहरूले अहिले पनि खुलस्त जवाफ दिएका छैनन् ।

उनी बिचलित हुँदै भन्छन्, ‘के अब मानवता भन्ने कुनै कुरा बाँकी छैन ?

पहलगामको दर्दनाक प्रतिफल

२२ अप्रिल अर्थात् वैशाख ९ गते भारत नियन्त्रित जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमण हुँदा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यो आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ । तर पाकिस्तानले आरोपको खण्डन गरेको छ ।

यद्यपि भोलिपल्ट बसेको भारत सरकारको सुरक्षा समितिको बैठकले भारत–पाकिस्तानबीचको एकमात्र आधिकारिक स्थलमार्ग अटारी सीमानाका बन्द गर्ने निर्णय गर्दै सो नाका भएर आउजाउ गर्नुपर्ने भएकाहरुलाई १ मे अर्थात् वैशाख १८ गतेसम्मको मौका दियो ।

यसैगरी सार्क भिसाबाहक पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र भारत छाड्न निर्देशन दिने, सिन्धु जल सम्झौता स्थगित गर्ने लगायतका निर्णय पनि गर्‍यो ।

पाकिस्तानले बाघा बोर्डर (भारततर्फ अटारी सीमा नाका भनिने)लाई बन्द गर्ने, हवाई तथा व्यापार बन्द गर्ने र भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने लगायतका निर्णय गरेको छ ।

यो घटनापछि दुई देशबीच तनाव चुलिएको छ । त्यसयता सीमामा गोलीहरु चलेका छन्, कूटनीतिक युद्ध चलिरहेको छ र त्यसको मूल्य सिमानाका दुई किनारमा बिछोडिएका परिवार एवं आफन्तजनले चुकाइरहेका छन् ।

शनिबार, अटारी बोर्डरमा कार, अटो र पैदल यात्रुहरूको लामो लाइन देखिन्थ्यो । त्यहाँ अंगालोमा धेरैबेर बाँधिएका आफन्तजन थिए । उनीहरुका अनुहारमा फेरि अर्कोपटक भेट्ने मौका मिल्ने हो कि होइन भन्ने अनिश्चयको बादल मडारिएको थियो । हात हल्लाउँदै आँसुमिश्रित बिदाइका दृश्यहरू बिचलित बनाउने खालका थिए ।

किनकी भारतका गृहमन्त्री अमित शाहले सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै भनेका थिए– सबै पाकिस्तानी नागरिकलाई पत्ता लगाएर भारतबाट निकाला गर्नू ।

यही निर्देशनको मारमा परेका एक व्यक्ति हुन् ४१ वर्षीय अनिस मोहम्मद ।  उनी मध्य प्रदेशको इन्दौरबाट आफ्नी ७६ वर्षीया बिरामी काकी, शहर बानोलाई लिएर सीमा नाकासम्म आएका थिए । ‘उनी बूढी छिन्, बिरामी छिन्, तर केवल आफ्ना सन्तानहरूलाई अँगालो हालेर बिदाइ गर्न आएकी हुन्,’ अनिसले भक्कानिँदै भने ।

बोर्डरको एक छेउँमा उभिएर हात हल्लाउँदा उनको स्वर काँपेको थियो । उनले भने, ‘थाहा छैन अब कहिले भेट हुन्छ या कहिल्यै भेट नहुने हो कि !’

फेरि बल्झिएको घाउ

सन् १९४७ को भारत–पाकिस्तान विभाजनको घाउ कहिल्यै पूरै निको भएन । आज फेरि ताजा भएर चहर्‍याइरहेको छ । सीमाहरू फेरि रक्ताम्य भइरहेका छन्, जस्तो त्यतिबेला पनि भएका थिए ।

३७ वर्षीय डाक्टर विक्रम उदासीको पीडा कम छैन । उनकी पाकिस्तानी श्रीमती र चार वर्षे छोरा आहान सीमाको अर्को पारि रोकिएका छन् । ‘सीमा बन्द हुँदैछ भन्ने खबर पाउनासाथ हामी दौडियौं,’ उनी भन्छन् ।

तर त्यो दौड पर्याप्त भएन । उनकी पत्नी र छोरा सीमापारी नै रोकिए । उनी आफू मात्र एक किलोमिटर वारी रोकिए । ‘अधिकारीहरूले मेरी पत्नीलाई भनेछन् बच्चालाई मात्र पठाऊ, तिमी उतै बस । के उनीहरूले बुझ्दैनन्, चार वर्षे बच्चाले आमाबिना कसरी बाँच्ने ?’ डाक्टर उदासी भक्कानिन्छन् ।

सरकारलाई उनको आग्रह छ, ‘पर्यटक भिसा रद्द गर्नुहोस्, सुरक्षा सतर्कता बढाउनुहोस् तर जसको जीवन नाता–सम्बन्धमा गाँसिएको छ, उनीहरूलाई त फर्किन दिनुहोस् । के आम जनताको भावनाको कुनै मोल छैन ?’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर