Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव

प्रतिक्षा खबर
२०७७ फाल्गुन २२, शनिबार १९:०३

२२ फाल्गुन २०७७, शुक्रबार
काठमाडौं । जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् ।

सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए ।

‘अब देशमा सशस्त्र आन्दोलनको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनले आफ्ना अधिकार प्राप्त गर्न सकिन्छ’ उनले भने । अध्यक्ष यादवले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेससँग विभेद गरेको बताए । उनले भने, ‘पहाडका लागि एउटा निर्णय मधेशको लागि अर्को निर्णय हुनुहुँदैन, सशस्त्र आन्दोलनमा रहेकालाई मूलधारमा ल्याइएको छ तर शान्तिपूर्ण आन्दोलन गरेका मधेशी नेताहरुलाई मुद्दा लगाइएको छ भने कतिपयलाई थुनामा राखेका छन्, अब उनीहरुलाई पनि छाड्नुपर्छ ।’

यादवले थप भने, ‘थरूहट आन्दोलनमा लगेका रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता पनि थुनामा रहेका छन् । उनीहरुमाथि मुद्दा लगाइएको छ ती सबै फिर्ता लिएर थुनामा रहेकालाई रहाई गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर