Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

उद्योग वाणिज्य संघद्वारा आयोजित निःशुल्क आँखा शिविर जलेश्वरमा सम्पन्न ४२ जनाको निःशुल्क शल्यक्रिया

प्रतिक्षा खबर
२०८२ जेष्ठ २३, शुक्रबार २२:००

महोत्तरी
गोपाल झा , जेष्ठ २३ गते
महोत्तरीको जलेश्वरमा शुक्रबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।
जलेश्वर उद्योग वाणिज्य संघ महोत्तरीले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट २२५ जना स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रत्यक्ष लाभ लिएका छन् ।
         सगरमाथा चौधरी आँखा अस्पताल, लहान र रेडक्रस सोसाइटी महोत्तरीद्वारा सञ्चालित आँखा अस्पताल जलेश्वरको प्राविधिक सहयोगमा उद्योग वाणिज्य संघ जलेश्वरको सभाहलमा आयोजित शिविरमा २२५ जनाले आँखा परीक्षण गराउँदा ४२ जनामा मोतियाविन्दु र ५ जनामा आँखाको गम्भीर रोग ग्लुकोमा पत्ता लागेको हो । रोग पत्ता लागेकामध्ये मोतियाविन्दु भएका बिरामीको जलेश्वरमै निःशुल्क शल्यक्रिया गरिएको जउबासंघले जानकारी दिएको छ।

जलेश्वर उद्योग बाणीज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार, स्थानीय व्यापारीहरू व्यापार व्यस्तताका कारण आँखा परीक्षणमा हेलचक्राइ गर्ने प्रवृत्ति देखिएकोले उनीहरूका लागि सहज र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताएका हुन् ।

         रेडक्रस सोसाइटी महोत्तरीद्वारा सञ्चालित आँखा अस्पताल जलेश्वरका डा.रजनिश झाको अगुवाईमा गरिएको शिविरबाट जलेश्वरका व्यापारी तथा स्थानीयहरु लाभान्वित भएको वताउनुहुदै अध्यक्ष चौधरीले भन्नुभयो, ‘शरिरको सबैभन्दा महत्वपूर्ण अङ्गको रुपमा रहेको आँखा रहेपनि व्यापारीहरु सो मा पनि हेलचेक्राई गरिरहेकोले सो को लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।’
आँखा उपचारको लागि यहाँका स्थानीय र व्यापारीहरुलाई लहान, विराटनगर तथा काठमाण्डौं जानुपर्दा समय, रकम र व्यापार समेतमा        प्रतिकुल अवस्था आउने सक्ने भएकोले व्यापारीहरुकै अनुरोधमा शिविर आयोजना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
शिविरमा निःशुल्क आँखा जाँचका साथसाथै न्यूनतम शुल्कमा औषधी तथा चश्मा समेत राखिनुका साथै शिविरमा मोतिविन्दु फेला परेकाहरुलाई निःशुल्क रुपमा शल्यक्रिया समेत गरिएको छ ।
जलेश्वरमै रहेको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुहुदै अध्यक्ष चौधरीले आगामी दिनहरुमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत जलेश्वरको सौन्दर्यकरण, जलेश्वर महादेव मन्दिरको प्रचारप्रसार, भिठामोड नाकालाई सुख्खा बन्दरगाह निर्माण तथा प्रादेशिक अस्पताल जलेश्वरको स्तरोन्नतीको लागि दवाव दिने शिविरपश्चात सञ्चारकर्मीहरुसँगको भेटधाटमा बताउनुभयो ।
       शिविरमा निःशुल्क आँखा परीक्षण, न्यूनतम शुल्कमा औषधि र चस्मा वितरणका साथै जटिल बिरामीको शल्यक्रिया सुविधा समेत उपलब्ध रहेको थियो । शिविरमा परीक्षण गराउनेहरूमध्ये अधिकांशमा धुलो, मधुमेह र नियमित परीक्षणको अभावले गर्दा आँखामा समस्याहरू देखिएको डा. रजनिश झाले जानकारी गराएका हुन् । डा. झा वर्षमा एकपटक आँखा परीक्षण गराउन सबैलाई सुझाव दिएका हुन् ।
व्यवसायीको उत्थान सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत अध्यक्ष चौधरीले जलेश्वर महादेव मन्दिरको प्रवद्र्धन, भिठामोड नाका विकास, र प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि संघले निरन्तर पहल गर्दै आएको र आगामी दिनका लागि समेत सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर